Comments Add Comment

ठमेलमा सुरु भयो ‘क्यूएफएक्स छाया सेन्टर’


दर्शकहरुले आकर्षक हलको खोजी गर्न थालेपछि काठमाण्डौ लगायत देशभर मल्टिप्लेक्स हलहरु एकपछि अर्को गर्दै खुलिरहेका छन् । सामान्य हलमा दर्शक जान छाडेपछि हल संचालकहरु पनि आकर्षक र सुविधासम्पन्न हल निर्माणमा ध्यान दिन थालेका छन् ।

नेपालमा सर्वाधिक चर्चित र सुविधासम्पन्न हलको रुपमा क्यूएफएक्सलाई मानिन्छ । क्यूएफएक्सका हलहरुमा नेपाली र हिन्दी चलचित्रले पनि राम्रो संख्यामा दर्शक तानिरहेका छन् । यसैविच, काठमाण्डौका पर्यटयिक स्थल ठमेलमा क्यूएफएक्सले नयाँ हल संचालनमा ल्याएको छ । ३ वटा पर्दा रहेको हलको नाम ‘छाया सेन्टर’ राखिएको छ । बिहिबार बेलुकी यो हलको उद्घाटन गरिएको छ ।

नयाँ प्रविधिको साउन्ड सिस्टमको साथमा थि्रडीको मज्जासमेत यो हलमा लिन सकिनेछ । ‘छायाँ सेन्टर’सँगै क्यूएफएक्सका देशभर १८ वटा पर्दा भएका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै छायाँ सिनेमाका प्रमुख नकिम उद्दिनले भने-‘काठमाण्डौमा चलचित्र एउटा संकृतीको रुपमा विकास हुँदै गर्दा उत्कृष्ट र आकर्षक हलको पनि डिमाण्ड बढेको छ । यसैलाई ध्यानमा राख्दै हामीले ठमेलमा छायाँ सिनेमा संचालनमा ल्याएका हौ ।’ चलचित्रको टिकट मोबाइल एप र अनलाइनबाट पनि काट्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment