२५ फागुन, कैलाली । छ दिनदेखि अनसनरत टीकापुर घटनाका आरोपी रेशम चौधरी अस्पताल भर्ना भएका छन् ।
रेशम विश्राम चौधरीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको हो ।
जिल्ला कारागार कैलालीका निमित्त जेलर भक्तबहादुर विष्टका अनुसार विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको स्वास्थ्यमा पनि समस्या देखिएको बताए ।
टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुले तीनबुँदे माग राख्दै आइतबारदेखि अनसन थालेका थिए । उनीहरुले कैलाली १ का सांसद समते रहेका रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग अघि सारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4