Comments Add Comment

जटही-जनकपुर सडकको मन्त्री सोनलले गरे निरीक्षण

स्थानीयले भने-उचित मुअाब्जा नपाए छोड्दैनाैं

२५ फागुन, जनकपुर । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले निर्माणाधीन जटही-जनकपुर सडकको निरीक्षण अबलोकन गरेका छन् ।

जटही-जनकपुर ६ लेनको सडक निमार्ण कार्य हुँदैछ । सो सडक खण्डको ११ सय मिटर सडक खण्डमा मुवाब्जा बिवाद भएपछि मन्त्री सोनलसहितको टोलीले सडकको निरीक्षण गरेका हुन् ।

१५ किमि उक्त सडक नागर्जुन हेम कष्टकस्न जेभिले ८ करोड ४३ लाखमा ठेक्का लिएको हो । उक्त सडक प्रबेश मुखमै मुवाब्जा बिवाद हुँदा सडक निर्माण कार्यले गति लिन नसकेको जनकपुर परिक्रमा ब्यापारिक मार्ग विस्तार योजनाका प्रमुख दिपेन्द्र पाण्डे जानकारी दिए ।

उक्त सडक काम हालसम्म २० प्रतिशत मात्रै भएको योजना प्रमुख पाण्डेले बताए । योजना ३३ महिनाभित्र सकाइसक्नुपर्नेमा ८ महिना बितिसकेको बताए ।

मन्त्री निरीक्षणमा पुग्दा सो सडक खण्डमा बसोबास गर्ने ४० वर्षीय जगछि देबिले आफूहरुले वर्षाैदेखि बसोबास गर्दै आएको जमिन कौडीको भाउमा कसरी दिने भन्दै मन्त्रीलाई प्रश्न गरेकी थिइन ।

आफ्नो बाजेबुवा पालादेखि बस्दै आएको थोरै जमिन र घर छ उचित मुअाब्जा नपाउने भए नछाड्ने बताइन । रोडलाई कुरेर बस्नु चाट्नु , उचित मुवाब्जा दिए आफूहरु घर बनाएर बस्ने बताइन् ।

‘पैसा नदिने उचित मुवाब्जा नदिने अनि कसरी छोडनु । मलाई भन्न डर लाग्दैन थोरै जमिन छ , त्यो पनि लिने अनि मुवाब्जा नदिने भए कसरी पेट पाल्नु वस्ती हटाए कता जानु ।’ उनले भनिन् ।

मन्त्री सोनरले निरीक्षणको क्रममा सरकार पैसा दिन तयार रहेको भन्दै उनलार्इ किन नलिएको भन्दै प्रश्न गरेका थिए ।

मन्त्री सोनरले बिकासले सबैलाई सजिलो हुने भन्दै यो विषयमा गम्भीर बन्दै सर्वदलीय बैठक राखेर निर्णयमा पुग्ने बताए ।  बन्दै गरेको ठूलो योजनाहरु सयमै पूरा गर्न आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment