Comments Add Comment

‘बोबी’को टिजरमा रियल जोडीको प्रेमकथा


चलचित्र निर्देशनको मामालामा निर्देशक मिलन चाम्सलाई अरु निर्देशकले भेट्टाउन मुश्किल देखिएको छ । मिलनले निर्देशन गरेका चलचित्रका टिजर, ट्रेलर र गीत अहिले एकपछि अर्को सार्वजनिक छन् । मिलन आफै कुन चलचित्र कहिले रिलिज गर्ने दोधारमा छन् । उनी, निर्देशित चलचित्र ‘लिलिबिली’ चैत्र ३० गतेबाट रिलिज हुँदैछ । ‘ह्याप्पी डेज’को प्रदर्शन मिति सरेको सर्‍यै छ ।

अब, उनी निर्देशित नयाँ चलचित्र ‘बोबी’को टिजर पनि सार्वजनिक भएको छ । एक जोडीको वास्तविक प्रेम कथालाई मिलनले पर्दामा उतार्ने काम गरेका छन् । नर्वेमा बस्दै आएका रियल जोडी कविता गुरुङ र उमेश थापाको जीवनको संघर्ष, प्रेम, सफलताको कथालाई ‘बोबी’मा प्रस्तुत गरिएको छ । चलचित्रमा विजय लामा, रुवि राणा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन आई इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा नरेश भट्टराइको कथा, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जीसीको सम्पादन, ताराप्रकाश लिम्बुको संगीत छ । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment