+
+
Shares

नक्कली अन्तरवार्ताले दिक्क अनुष्का

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २७ गते ११:२७


मिडियामा बेला-बेला आउने झूटा गसिपले मात्रै हैन, अन्तरवार्ताले पनि सेलिब्रिटीलाई अप्ठ्यारो पार्ने गरेको छ । अहिले यस्तै, एक झुटो अन्तरवार्ताको शिकार भएकी छिन्, बलिउड नायिका अनुष्का शर्मा ।

आफूसँग कुरै नगरी एक बंगाली न्युजपेपरले अन्तरवार्ता छापिदिएको भन्दै अनुष्काले आपत्ति जनाएकी छिन् । अनुष्काले न्युज पेपरको कटिङ ट्वीट गर्दै भनेकी छिन्-‘एउटा रेपुटेड पत्रिकामा आफ्नो नक्कली अन्तरवार्ता देखेर हैरान छु ।’

उनले यो पनि भनेकी छिन् कि-‘मैले ब्यक्तिगत जीवनको बारेमा आजसम्म मिडियामा यसरी कुरा गरेकी छैन ।’ अनुष्का अभिनित ‘परी’ अहिले प्रदर्शनमा आएको छ । बिराट कोहलीसँग विवाह भएपछि उनको यो पहिलो चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?