Comments Add Comment

ट्याटु काण्डमा साम्राज्ञीको अर्थहिन आक्रोश


कलाकारको एउटा गज्जबको बानी हुन्छ । त्यो के भन्दा, राम्रो समाचार आए मौन बसिदिने, केहि नकारात्मक चर्चा भए सबै दोष मिडियालाई लगाइदिने । तारिफमा मात्र रमाउन खोज्दा धेरै कलाकार नकारात्मक कुरालाई न त पचाउन नै सक्छन् न त माफी माग्ने हिम्मत गर्छन् ।

केहि हप्ता अगाडि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको ट्याटुले नेपाली मिडिया र सामाजिक संजालमा हंगामा नै मच्चायो । साम्राज्ञीलाई ट्याटु काण्डले तनाव दिएको पक्कै थियो । तर, उक्त फोटो सामाजिक संजालबाट भाइरल भएको थियो र पछि मिडियामा समाचार बनेको थियो । एउटा चर्चित कलाकारका सामान्य भन्दा सामान्य बिषय गसिप बन्नु नौलो कुरा होइन ।

तर, साम्राज्ञीले ट्याटु काण्डको सम्पूर्ण दोष मिडियालाई नै दिएकी छिन् । काठमाण्डौमा उनी अभिनित चलचित्र ‘तिमी सँग’को ट्रेलर रिलिज कार्यक्रममा यो बिषय पनि उठ्यो । जसमा साम्राज्ञी निकै आक्रोशित देखिइन् । उनले भनिन्–‘मिडियाले सहि खबर थाहा नपाई समाचार बनाउनुभयो । तपाइहरुले नवुझी खबर बनाउनुभयो, पछि सो ट्याटु लिक गर्ने कलाकारले लेखेपछि मात्र धेरैले वास्तविकता थाहा पाउनुभयो । यो नचाहँदा नचाहँदै भयो, यसका लागि म माफी माग्न चाहन्छु ।’

उनले, तर कतिपय स्थानमा मिडियाले पनि ध्यान दिन आवश्यक रहेको बताउँदै नवुझी समाचार नलेख्न आग्रह गरिन् । उनले ट्याटुको तस्बिर आफूले नराखेको भन्दै आर्टिस्टले राखेको बताइन् । साम्राज्ञी अगाडि आक्रोशित हुँदै भनिन्–‘मैले केहि कुरा बोल्न खोजिरहेको छु, तपाइहरुले सुन्न खोजिरहनु भएको छैन । अब, यसको बारेमा म कुरा गर्न नै चाहदिनँ । तपाइहरु किन यो कुरालाई लम्बाइरहनु भएको छ । अब, चलचित्रको कुरा गरौ न होइन ।’

साम्राज्ञीले ट्याटुको तस्बिर आफूले नराखेको भन्दै मिडियाले नवुझी खबर लेखेको बताइन् । तर, साम्राज्ञीको मिडियाप्रतिको यो आक्रोश अर्थहिन थियो । कारण, त्यो तस्बिर खिच्न मिडिया लुकीलुकी पुगेको पनि होइन । तस्बिर सामाजिक संजालमा ट्रोल बन्न थालेपछि मिडियामा खबर आएको थियो । मिडियामा साम्राज्ञीले भयंकर ठूलो गल्ती गरिन्, चर्चाका लागि जे पनि गरिन् भन्ने खबर पनि सार्वजनिक भएको थिएन ।

गाउँले भूमिकाको बिषयमा स्पष्टिकरण
ट्याटु काण्डको बिषयमा मिडियामाथि आक्रोश पोखेकी नायिकाले ‘गाउँले भूमिका गर्दिनँ’ भनेको बिषयमा भने निकै शान्त स्वभावमा जवाफ दिइन् । बरु, साम्राज्ञी यो बिषयमा मिडियामाथि आक्रोशित हुन केहि हदसम्म सुहाउथ्यो । किनकी, यो खबर मिडियाबाट नै सार्वजनिक भएको हो ।

साम्राज्ञीले आफूले कहिल्यै पनि ‘गाउँले भूमिका गर्दिनँ’ नभनेको भन्दै चलचित्र ‘जय भोले’को कथा एकपटक सुनेको बताइन् । कलाकार भैसकेपछि सबै खालको भूमिका गर्न तयार हुनुपर्ने उनको भनाई थियो । साम्राज्ञी २ वटा चलचित्र रिलिज भैसक्दा नै स्टारको ट्याग भिर्न सफल छिन् । यसको पछाडि, मिडियाको ठूलो हात छ । तर, सार्वजनिक भएको तस्बिरलाई समाचार बनाएकै भरमा मिडियाको गल्ती देख्ने साम्राज्ञीको आक्रोश भने अर्थहिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment