Comments Add Comment

फिल्म चल्दा दीपिका र अदितीको चर्चा, अब करिअर के होला ?


चलचित्र क्षेत्रमा प्रवेश गर्दै गर्दा यो बर्ष २ नायिकाले चर्चा धेरै पाए । चलचित्र ‘ऐश्वर्य’ रिलिजको समयमा नायिका दीपिका प्रसाइको चर्चा खुबै भयो । दीपिकालाई अबकी स्टारको स्थान समेत दिइयो । चलचित्रले राम्रै व्यापार गर्दा दीपिका चर्चामा रहनु स्वभाविक नै हो । तर, चलचित्र रिलिजपछि दीपिकाले पाएको हाइप समात्न सकिरहेकी छैनन् ।

दीपिकाले ‘ऐश्वर्य’ पछि नयाँ चलचित्र साइन गरेको खबर पनि सार्वजनिक भएको छैन । केहि, समय अगाडि उनले एउटा चलचित्रमा काम गरेको ६ लाखसम्म पारिश्रमिक मागेको चर्चा चलेको थियो । तर, पछि उनले यसलाई खण्डन गरिन् । यसपछि, उनी निर्देशक दिवाकर भट्टराइसँगको प्रेमका कारण चर्चामा रहिन् । तर, चलचित्र करिअर भने दीपिकाको कता जान्छ भन्न सकिने अवस्था छैन । चलचित्र चल्दा पाएको उचाई दीपिकाले समात्न सक्लिन् या नसक्लिन्, प्रतिक्षा गरौ ।

यता, चलचित्र ‘कृ’ रिलिजको समयमा नायिका अदिती वुढाथोकीको हाइप पनि निकै बढ्यो । नयाँ नायिकाले मिडियामा उच्च स्थान पाइन् । भारतमा रहेर मोडलिङ गर्दै आएकी अदिती नयाँ चलचित्र कस्तो गर्ने भन्नेमा सोचिनसकेको बताउँछिन् ।

पहिलो चलचित्रमा हाइप पाएपनि त्यसको लय पकड्न नसक्दा धेरै नायिका हराएका पनि छन् । अदिती र दीपिकालाई नेपाली चलचित्रमा आशातित रुपमा हेरिएको छ । के यी दुइले त्यो आशालाई अगाडि बढाउन सक्लान् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment