ओ मेगा इन्टरटेनमेन्टले प्रतिभाशाली कलाकारको छनोट गर्न ‘नेपाल्स मेघा सिनेस्टार’ आयोजना गर्ने भएको छ । आउँदो २८ चैतदेखि यसको अडिसन सुरु हुनेछ ।
नेपालमा धेरै प्रतिभावान कलाकार भए पनि उनीहरुले चलचित्रमा आउन अवसर नपाएकाले उनीहरुलाई मञ्च दिलाउन यो प्रतियोगिता आयोजना गर्न लागिएको निर्देशक प्रवेश सम्राट बरालले बताए ।
बरालका अनुसार काठमाण्डौ, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, वीरगञ्ज, इटहरी गरेर नेपालका ७ प्रमुख शहरहरुमा अडिसन हुनेेछ ।असारको पहिलो सातादेखि कार्यक्रम टेलिभिजनबाट प्रसारण हुनेछ । रियालिटी शोमा बिजेता हुने एक जनाले एक करोड बराबरको पुरस्कार प्राप्त गर्ने आयोजकको भनाई छ ।
बिजेताले २० लाख नगदसहित एउटा कार र एक चलचित्रमा अनुबन्धित हुने अवसर प्राप्त गर्नेछन् । निर्देशक शोभित बस्नेत, निश्चल बस्नेत र पूर्व मिस नेपाल माल्भिका सुब्बा कार्यक्रमको निणर्ायक छन् ।
प्रतिक्रिया 4