Comments Add Comment

राखीको आरोप-‘सन्नीका ग्राहकले फोन गरेर हैरान पारे’


बलिउडकी आइटम गर्ल राखी सावन्तले पछिल्लो समय सन्नी लियोनीलाई सबैभन्दा ठुलो शत्रु देख्न थालेकी छिन् । त्यसो त उनले सन्नी लियोनी बलिउड प्रवेश गरेलगत्तै उनलाई देशनिकाला गर्नुपर्ने माग गरेकी थिइन् ।

राखीले अहिले अर्को अभियोग लगाएकी छिन् कि-‘सन्नी लियोनीले आफ्ना ग्राहकलाई मेरो नम्बर दिएर हैरान पारिन् ।’ उनले भनेकी छिन्-‘पोर्न इण्डष्ट्रीका मान्छेहरुलाई मेरो नम्बर दिइछ, फोन गरेर हैरान पार्न थाले ।’ आफुलाई फोन गर्नेहरुले राम्रो पैसाको अफर गरेको भन्दै भिडियो र मेडिकल सर्टिफिकेट मागेको बताइन् ।

आफूलाई पोर्न इण्डष्ट्रीमा काम गर्ने कुनै इच्छा नभएको भन्दै राखी भन्छिन्-‘बरु भोकै बस्छु, मर्छु तर, त्यस्तो काम गर्दिनँ ।’ राखी चर्चामा आउन जे पनि गर्न थालेकी छिन् ।

श्रीदेवीको निधनमा रुँदै रुँदै भिडियो खिचेर आफैंले सार्वजनिक गरेकी राखीले श्रीदेवीको निधनको कारण यस वर्ष होली नमनाउने बताएकी थिइन् । तर, होलीमा उनले डान्स गरिरहेको भिडियो सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment