सोमबार, ११ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

भारतले हटायो अनुमति विना बनाएका काठेपुल, सीमा क्षेत्रमा सेनाको गस्ती

Suzuki
सन्तोष कोट्टारी


२९ फागनु, दार्चुला । भारतले महकाली नदीमा निर्माण गरेको ४ वटा अस्थायी काठेपुलमध्ये २ वटा हटाएको छ ।

जिल्लाका व्यास गाउँपालिका २ राप्ला क्षेत्रका ४ ठाउँमा नेपाल भारत जोड्ने अस्थायी काठे पुलमध्ये २ वटा पुल हटाएको निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर लालबहादुर साउदले बताए ।

राप्लाको घाटिबगड र भारतको मालपा जोड्ने अस्थायी काठेपुल र नेपालको दोपाखे र भारतको छनकन जोड्ने अर्को काठेपुल पनि भारतीय पक्षले हटाएको प्रहरीको जनाएको छ ।

यसअघि फागुन २१ गते भारतको पिथौरागढमा बसेको नेपाल भारतका सुरक्षा अधिकारीको बैठकमा नेपाली पक्षले पुल हटाउनुपर्ने बताएपछि भारतले हटाएको अनुमान गरिएको छ ।

भारतले नेपालको अनुमति विना सीमा नदी महाकालीमा निर्माण गरेको ४ वटा अस्थायी काठेपुलमध्ये २ वटामात्रै हटाएको छ भने २ वटा कायमै छ । तम्बाकु र नजंग भन्ने ठाउँमा निर्माण गरिएको २ वटा काठेपुल भने हटाइएको छैन ।

सेनाकाे गस्ती

महाकाली नदीमाथि भारतले अनुमति विना अस्थायी काठेपुल निर्माण, नेपाली भूमिमा झण्डै डेढ सय मिटर सडक निर्माण, २ किलोमिटर गोरेटो बाटो निर्माण गरेको खरब सार्वजनिक भएपछि नेपाली सेनाको टोली त्यसतर्फ गएको छ ।

जिल्ला सदरमुकाम खलंगामा रहेको नेपाली सेनाको दुर्गादल गुल्मबाट ५० जना सैनिक टोली भारतले काठेपुल निर्माण गरेको दार्चुलाको उत्तर पुर्वी सीमा क्षेत्रतिर गस्तीमा गएको छ ।

सेनाले सीमा क्षेत्रका गतिविधि, अवस्था र त्यस क्षेत्र स्थानीयहरुको सुरक्षा अवस्था लगायतलाई मध्यनजर गर्दै नेपाली सेनाको टोलीले झण्डै ३ हप्ता सीमा क्षेत्रमा गस्ती गर्ने छ ।

२०७४ फागुन २९ गते १३:२१ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • Ram लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १३:३६

    सिमा अतिक्रमणा हुन बाट बचाउनै पर्छ । सरकार यति काम तत्काल गर । सेना खटा सिमा रक्षाकेा लागी ।

    18
    1
    Share

  • kshitij baniya लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १४:४०

    यो हाम्रो नेता ज्युलाई भन्नु पर्छ यस्ता सिमा सम्बन्धि खबर हरुत हजुर

    11
    1
    Share

  • बिजय कुमार श्रेष्ठ (बझाङ्ग) लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते २१:३५

    नेपालको सिमा सुरक्षाको जिम्मेवारी अव नेपाली सेनालाई सुम्पिनु पर्छ । यस सम्बन्धमा बर्तमान सरकारले केहि दिन अघि गरेको घोषणा नेपाल र नेपालीको हितमा छ । त्यसैले यस घोषणालाई अबिलम्ब कार्यान्वयनमा लैजानु पर्छ ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this