Comments Add Comment

राष्ट्रियसभा बैठक बस्दै, अध्यक्षमा तिमिल्सिना निर्वाचित भएको घोषणा हुने

३० फागुन, काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएको औपचारिक घोषणा बुधबार हुँदैछ ।

अध्यक्ष पदका लागि सोमबार भएको मनोनयन दर्तामा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो । त्यसैले उनी राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा बुधबारको बैठकबाट गर्न लागिएको हो ।

त्यसका लागि बुधबार दिउँसो एक बजे राष्ट्रियसभाको बैठक बोलाइएको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई-दुई जना र राष्ट्रपतिबाट मनोनित तीन जना सदस्य छन् ।

यसैबीच राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी चैत ४ गते हुने भएको छ । राष्ट्रियसभाको अध्यक्ष पुरुष निर्वाचित भइसकेकाले अब उपाध्यक्ष महिला हुनुपर्ने छ । राष्ट्रियसभाको अध्यक्ष एमालेले पाएकाले उपाध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको छ । यद्यपि संघीय समाजवादी फोरमले पनि यसमा दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment