Comments Add Comment

युरोपमा पनि मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

बार्सिलोना / युरोपभर बिभिन्न कार्यक्रमहरुको आयोजना गरी १०८ औं अन्तरार्राष्ट्रिय महिला दिवस मनाइएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको महिला फोरम विभागले बिभिन्न मुलुकहरुमा कार्यक्रमको आयोजना गरी महिला दिबस मनाएको हो।

राष्ट्रिय समन्वय परिषदहरुमा महिला फोरमले आयोजना गरेका कार्यक्रमहरुमा महिला हकहित, अधिकार, समानताको विषयमा बिशेष जोड दिइएको थियो।

अन्तर्राष्ट्रिय महिला दिबसको अबसरमा स्पेनिस महिलाहरुले पहिलो पटक कामकाज ठप्प पार्दै हड्ताल नै गरेर सडकमा आए। ‘महिलाहरुको बिना दुनियाँ रोकिनेछ’ भन्दै उनीहरुले बिश्वको ध्यान केन्द्रित गरे।

स्पेनस्थित एनआरएन महिला फोरम पनि रीतु ढुंगाना रेग्मीको संयोजकत्वमा स्पेनिस बिभिन्न संगठनका महिलाहरुसँगै ¥यालीमा सहभागी बन्यो। यस्तै आइतबार महिला फोरम स्पेनले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै महिला दिबस मनाएको छ।

गत वर्षहरुमा झैं यस वर्ष पनि गैर-आवसीय नेपाली संघ महिला फोरम स्वीटजरल्याण्डले अन्तर्राष्ट्रिय महिला दिबस मनाएको छ।

शनिवारको लेन्जबुर्गमा सम्पन्न कार्यक्रममा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दिपक धिताल,महिला फोरम संयोजक शुभ एल्मर लामा लगायतले महिला अधिकारका बिषयमा बोलेका थिए।

यसैबीच फिनल्याण्ड,फ्रान्स,बेल्जियम,नेदरल्यान्ड्स लगायतका मुलुकहरुमा  एनआरएनए महिला फोरमले बिभिन्न कार्यक्रमहरु सहित अन्तराष्ट्रिय महिला दिबस मनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment