Comments Add Comment

रामचन्द्रको उद्घोष : प्रतिपक्षमै बसेर सरकारलाई घुँडा टेकाउने हो

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षमा बसेर नै सरकारलाई घुँडा टेकाउनुपर्ने बताएका छन् ।

पार्टीका प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले प्रतिपक्षमा प्रभावकारी भूमिका निर्वाह गरेर सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । ‘प्रतिपक्षीको भूमिकाबाटै सरकारको घुडा टेकाउने हो । कडा रूपमा लागौं, मेहेनत गर्नुपर्छ, सकिन्छ ‘ पौडेलले भने ।

उनले कांग्रेसका सांसदहरु संसदमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने भन्दै पार्टीको जिम्मा नै संसद सदस्यहरुको काँधमा रहेको टिप्पणी गरे । सरकारले सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई बहुमत खोज्नु गम्भीर विषय भएको पौडेलको भनाइ छ ।

‘सुविधाजनक मत हुँदाहुँदै किन दुई तिहाइ मागियो ? यसलाई गम्भीर रूपमा लिएका छौं’ उनले भने । पौडेलले राष्ट्रियसभा सदस्य नियुक्तिमा राष्ट्रपतिको भूमिकाको पनि आलोचना गरे ।

‘राष्ट्रियसभा भन्दा पहिले किन सरकार गठन गरियो ? निर्वाचन आयोगले त पहिले राष्ट्रिय सभा भनेकै थियो’ उनले भने ‘तर, राष्ट्रपतिले रोकेर सरकार गठन गरी राष्ट्रिय सभालाई पछि पूर्ण ता दिइयो ।’

यो पनि पढ्नुस्

कांग्रेसको खबरदारीः प्रधानन्यायाधीशलाई महाअभियोग नलगाऊ

पार्टी कार्यालय सानेपामा  सांसदहरूका लागि अायोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका थिए ।

उद्घाटन कार्यक्रममा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छादार, महामन्त्री सशांक कोइराला लगायत नेता तथा प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment