Comments Add Comment

कांग्रेसको खबरदारीः प्रधानन्यायाधीशलाई महाअभियोग नलगाऊ

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसले प्रधानन्यायाधीश गोपाल पराजुलीको पक्षमा उभिएको छ ।

पराजुलीलाई लिएर सर्वोच्चको न्यायाधीशहरु नै विभाजित भइरहेका बेला सत्तारुढ दलहरुभित्र प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने चर्चा पनि चल्न थालेको छ ।

तर, कांग्रेसले त्यसो नगर्न खबरदारी गरेको छ । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन नपाइने बताए ।

बरिष्ठ नेता पाैडेलले सरकारले प्रधान न्यायाधीस गोपाल पराजुलीलार्इ महाअभियोग लगाए त्यसको प्रतवाद गर्ने संकेत समेत गरेका छन् । ‘अहिले महाअभियोगको कुरा अाएको छ,’ उनले भने, ‘खबरदार, महाअभियोग लगाउन पाइदैन ।’

सरकारका गतिविधिहरूले सर्बसत्तावाद लाद्न खोजेको भन्दै नेता पाैडेलले सरकारले न्यायलय र संविधानलार्इ नियन्त्रणमा लिन खोजेको अारोप लगाए ।

यो पनि पढ्नुस् 

रामचन्द्रको उद्घोष : प्रतिपक्षमै बसेर सरकारलाई घुँडा टेकाउने हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment