+
+
Shares

विमान दुर्घटनाका घाइतेको उपचार गर्न चिकित्सक पठाउने बंगलादेशको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३० गते १४:४८
फाइल फोटो

३० फागुन, काठमाडौं । काठमाडौंमा भएको विमान दुर्घटना बारे जानकारी लिन आएको बंगलादेशको सरकारी टोलीले घाइतेहरुको उपचारमा सहयोग गर्नका लागि हाडजोर्नी र बर्न सम्बन्धी बंगलादेशी चिकित्सकहरुलाई नेपाल ल्याउन चहेको बताएको छ ।

यसअघि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला विमानको दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो । जसमा २६ जना बंगलादेशी नागरिक थिए ।

बुधबार गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गर्दै बङ्गलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री ए.के.एम. शाजहान कमलले बंगलादेशबाट चिकित्सकहरु नेपाल पठाउन चाहेको बताएका हुन् ।

उनले गृहमन्त्री थापासँग भनेका छन्, ‘दुर्घटनामा घाइते भएकाहरुको उपचारमा सहयोगका लागि हामी हाडजोर्नी र बर्न सम्बन्धी चिकित्सकलाई नेपाल पठाउन चाहन्छौं । त्यसको लागि बातावरण बनाइदिनु आग्रह गर्दछु ।’

उनले ओम अस्पतालमा उपचारत डा. रिजवानलाई थप उपचारका लागि परिवारले सिंगापुर लैजान खोजेको पनि बताएका छन् ।

जवाफमा मन्त्री थापाले डा. रिजवानको थप उपचारका लागि सिंगापुर लैजाने तथा बंगलादेशी चिकित्सहरुलाई उपचारमा सहयोग गर्न नेपाल आउने सम्बन्धी विषयमा नेपालस्थित बंगलादेशको दुतावासबाट प्रक्रिया पुर्‍याएर आग्रह आए सहजीकरण गर्न नेपाल सरकार तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?