Comments Add Comment

पोखराको होटलमा युक्रेनी नागरिक मृत भेटिए

१ चैत, पोखरा । पोखरामा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।

लेकसाइडस्थित हृवाइट पल होटलमा युक्रेनी नागरिक २८ वर्षीय एन्टोन कुजानेठोप मृत भेटिएका कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

केही दिनदेखि हृवाइट पलमा बस्दै आएका उनी होटलको ध्यान गर्ने ठाउँ बालकोनीमा लडेको अवस्थामा मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नवीन कार्कीले जानकारी दिए । उनका अनुसार एन्टोनको शरीरमा बाहिरबाट कुनै पनि चोटपटक देखिएको छैन ।

एन्टोन मृत अवस्थामा भेटिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मुचुल्का तयार गरेर शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेको छ ।

मृतक एन्टोनको आफन्त हालसम्म सम्पर्कमा नआएको र आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment