+
+
Shares

बोतलमा इन्धन बेच्नेलाई रिहा गर्न माग गर्दै यातायात र बजार बन्द

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २ गते ९:५१

२ चैत, प्युठान । प्रहरीले पक्राउ गरेका व्यापारीहरुलाई रिहा गर्न माग गर्दै प्यूठानका व्यवसायीहरुले आज यातायात र बजार बन्द गराएका छन् ।

प्यूठान उद्योग वाणिज्य संघ भित्रिकोट बजार इलाकाले शुक्रबार बिहानैदेखि यातायात र बजार बन्द गराएको हो ।

बोतलमा पेट्रोलियम पदार्थ बिक्री गरेको आरोपमा प्रहरीले चार दिन अघि चार जना व्यापारीहरुलाई पक्राउ गरेको थियो ।

बिक्रेताहरुले पेट्रोलपम्पमा नियमित आपूर्ति नहुने भएकाले सहज बनाउन आफूहरुले बोतलमा राखेर बिक्री गरेको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?