Comments Add Comment

रिलिज भयो सरोज र नीताको ‘पंचायत’


करिब ५० बर्ष अगाडिको कथालाई पर्दामा उतारेको चलचित्र ‘पंचायत’ आजबाट हलमा लागेको छ । देशभरका हलमा लागेको यो चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् । प्रिमियर र विदेशमा आयोजना भएको महोत्सवबाट समेत उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्रलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।

यो चलचित्रमा सरोज खनाल, नीता ढुंगाना लगायतका कलाकारको मुख्य भूमिका छ । रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रलाई सुशान्त श्रेष्ठ र गणेश गिरीले मिलेर बनाएका हुन् । चलचित्रको कथावस्तु, प्रस्तुतिलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ । साथमा, नायिका नीता ढुंगानाले पनि यो चलचित्रबाट राम्रो प्रतिक्रिया पाएकी थिइन् ।

यी बाहेक आजैबाट अन्य केहि चलचित्र पनि रिलिज भएका छन् । तर, रिलिज भएका ती सबै चलचित्र खासै चर्चामा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment