+
+
Shares

सिंगापुर विश्वकै महंगो शहर, टप टेनमा कुन-कुन ?

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २ गते १२:३३

सिंगापुर लगातार पाचौं वर्ष विश्वको सबैभन्दा महंगो शहरका रुपमा सूचीकृत भएको छ । न्यूयोर्क, लन्डन र लस एन्जेलस भने महंगा शहरको सूचीमा टप टेनमा समेत परेनन् ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले यसै वर्ष विश्वव्यापीरुपमा ‘जीवनयापन लागत सर्वेक्षण’ गरेर महंगा शहरको सूची बनाएको हो ।

ईआइयूको वार्षिक र्‍याङ्किङमा विश्वभरका १ सय ३३ शहरका १ सय ५० आइटमहरुको मूल्य तुलना गरिएको थियो । ती आइटमहरुमा पाउरोटी, रक्सी, चुरोट र पेट्रोललगायत थिए ।

एसियाको अर्थतन्त्र विस्तार भइरहँदा जीवनयापन लागतसमेत बढिरहेको अवस्थामा सिंगापुर एक नम्बरमा आएको हो । टप १० मा दक्षिणपूर्व एशियाको आर्थिक केन्द्र सिंगापुरसँगै सियोल र हङकङ पनि परेका छन् ।

यद्यपि, एसियामै केही अत्यधिक सस्ता शहरहरु पनि छन्, खासगरी भारत र पाकिस्तानमा । भारतको नयाँ दिल्ली, चेन्नई र बेंग्लोर तथा पाकिस्तानको कराँची सस्तो सूचीमा परेका हुन् ।

सबैभन्दा सस्तो शहर भने सिरियाको राजधानी दमास्कस ठहरिएको छ । उसलाई क्याराकस, अल्माटी, लागोस, अल्जियर्स र बुचारेस्टले पछ्याएका छन् ।

यूरोपका शहरहरु महंगा देखिएका छन् । टप १० महंगा शहरमा यूरोपका पेरिस, जुरिच, ओस्लो, जेनेभा र कोपेनहेगन परेका छन् । एसिया वा यूरोपभन्दा बाहिरबाट टप १० मा पर्ने एक मात्र शहर हो सिड्नी ।

यसैबीच, सन् २०१७ मा अमेरिकी डलर कमजोर हुँदै गर्दा न्यूयोर्क र लस एन्जेलस क्रमस १३ औं र १४ औं स्थानमा झरेका छन् ।

सर्वाधिक महंगा शहर

१. सिंगापुर (सिंगापुर)
२. पेरिस  (फ्रान्स)
३. जुरिच (स्वीट्जरल्यान्ड)
४. हङकङ (हङकङ)
५. ओस्लो (नर्वे)
६. जेनेभा (स्वीट्जरल्यान्ड)
७. सियोल (दक्षिण कोरिया)
८. कापेनहेगन (डेनमार्क)
९. तेल आभिभ (इजरायल)
१०. सिड्नी (अष्ट्रेलिया)

सस्ता शहर

१. दमास्कस (सिरिया)
२.क्याराकस (भेनेजुयला)
३. अल्माटी (काजकिस्तान)
४. लागोस (नाइजेरिया)
५. बेंग्लोर (भारत)
६. कराँची (पाकिस्तान)
७. अल्जाइर्स (अल्जेरिया)
८. चेन्नई (भारत)
९. बुचारेस्ट (रोमानिया)
१०. नयाँ दिल्ली (भारत)

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?