Comments Add Comment

माओवादीले छान्यो ५ मन्त्री, विना मगरलाई खानेपानी मन्त्रालय

२ चैत, काठमाडौं । माओवादी केन्द्रले पाँच मन्त्रीको नाम बुझाएको छ । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री हुने पाँच नेताहरुको नाम बुझाएका हुन् ।

माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । उनी यसअघि अर्थमन्त्री भइसकेका थिए ।

गिरिराजमणि पोखरेल शिक्षा मन्त्री बन्दा शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पोखरेल यसअघि शिक्षा र स्वास्थ्य मन्त्री भइसकेका नेता हुन् भने बस्नेत पूर्वगृहमन्त्री हुन् ।

यसैगरी चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बन्ने भएकी छन् ।

प्रचण्ड प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका खनाल मन्त्री भएपछि जनार्दन शर्माको नाम काटिएको छ । कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित विना माओवादी अध्यक्ष प्रचण्डकी बुहारी पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment