चलचित्र ‘डमरुको डण्डिबियो’को पहिलो गीत रिलिज गरिएको छ । कालिप्रसाद बाँस्कोटाको स्वर तथा संगीत रहेको यो गीतमा कालिप्रसाद, एकतारे र हर्क साउदको शब्द छ ।
‘तितेपाते तितेपाते झ्याप’ बोलको यो गीतले चलचित्रको अर्थ बोल्छ । चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, वुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा लगायतका कलाकारको मुख्य भूमिका छ ।
सार्वजनिक गीतमा अनुप बराल डण्डिबियो सिकाउने गुरुको रुपमा देखिएका छन् भने खगेन्द्र लगायतका कलाकार टीमका खेलाडी देखिएका छन् । लोप हुँदै गएको डण्डिबियो खेलमा यो चलचित्र केन्द्रित रहेको गीतको भिडियोबाटै वुझ्न सकिन्छ ।
छेतन गुरुङको निर्देशनमा तयार भएको चलचित्रलाई खगेन्द्रले लेखेका हुन् । विनोद गुरुङ र नोर्वु घले चलचित्रका निर्माता हुन् । चलचित्रमा हरि हुमागाइको छायांकन, निमेश श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन छ ।
प्रतिक्रिया 4