Comments Add Comment

नयाँ अध्ययनः ‘मिनिरल’ वाटर पिउँदा क्यान्सरको खतरा !

पानीमा ९३ प्रतिशतसम्म स-सानो प्लाष्टिकको टुक्रा

शरीरलाई पानी नभई हुन्न । शरीरका लागि स्वच्छ पानी आवश्यक छ । तर, अहिले हामीले पिउने पानी दूषित छ । हानिकारक छ । विषाक्ता छ । त्यही कारण फिल्टर गरेर, उमालेर वा विभिन्न विधिबाट शुद्धिकरण गरेर पानी पिउने गरिन्छ ।

काठमाडौं लगायत शहरी क्षेत्रको हकमा त रोगको स्रोत नै भएको छ, पानी । पानीको माध्यामबाट विभिन्न महामारी फैलने गरेको छ । ट्यांकीमा जम्मा गरेर घर-घरको धारामा आउने पानी होस् वा ट्यांकरले आपूर्ति गर्ने पानी नै, स्वच्छ हुन्छ भन्ने ग्यारेन्टी छैन । यस्तो पानीले हाम्रो स्वास्थ्यलाई नाजुक बनाउँदैछ ।

यस्तो अवस्थामा हामीले विश्वास गरेको भनेको प्रशोधित पिउने पानी हो, जो बजारमा सहजै पाइन्छ । बोत्तलमा पाइने ति पानी हामी निस्फिक्री घटघट पिउँछौं । त्यसलाई अतिरिक्त शुद्धिकरण गर्नुपर्छ भन्ने लाग्दैन, न त उमाल्नुपर्छ भन्ने नै ।

तर, खतरनाक बोत्तलको पानी !

हामीले बजारमा ‘मिनिरल वाटर’ भनेर पिउने वोत्तल बन्द पानी हानिकारक भएको हालैको एक शोधले खुलासा गरेको छ ।

एक त त्यसरी शुद्धिकरण गरिएको पानीमा ‘मिनिरल’को मात्रा कति हुन्छ भनेर खुलाइएको हुँदैन । त्यो पानी कति पिउन योग्य हो भनेर त्यसको गुणस्तर मापन गरिएको भएपनि त्यस्ता पानीको गुणस्तरप्रति प्रश्न उठ्न थालेको छ ।

पानीमा ९३ प्रतिशतसम्म प्लाष्टिकको स-सानो टुक्रा

बोत्तलमा भरिएको पानी मिनरलयुक्त वा शुद्ध छ भनेर सोच्नु नै भ्रमपूर्ण रहेको अध्ययनले बताएको छ । स्टेट युनिभर्सिटी अफ न्यूर्योकका वैज्ञानिकहरुले विश्वभरको बोत्तलबन्द पानीमा गरेको अध्ययनले निरासलाग्दो तथ्य सार्वजनिक गरेको छ ।

शोधकर्ताले चीन, ब्राजिल, इन्डोनेसिया, अमेरिका लगायत ९ देशमा बिक्री गरिने ११ अलग-अलग ब्रान्डको करिब २ सय ५९ प्याकेट बोत्तल जाँच गरेको थियो । उक्त जाँचमा के पाइयो भने, विश्वभर बिक्री हुने यस्ता प्याकेज्ड मिनिरल वाटरमा ९३ प्रतिशतसम्म प्लाष्टिकको स-सानो कण पाइयो । छिमेकी भारतमा समेत यस्तो पानी प्रशस्तै पाइएको छ । दिल्ली, चेन्नाई, मुम्बई लगायत १९ वटा स्थानको पानीको नामुनामा हानिकारक प्लाष्टिकको टुक्रा पाइयो ।

कुन कुन ब्रान्डको नमुना लिइयो ?

यसको टप ग्लोबल ब्रान्डमा एक्वाफिाना, ईवायिन -प|mान्सका चर्चित ब्रान्ड, जसको पानी भारतिय क्रिकेटर विराट कोहली पनि पिउँछन्), भारतयि ब्रान्ड बिसलेरी लगायत सामेल गरिएको छ । रिसर्च टिमका अनुसार चेन्नाईमा लिइएको  बिसलेरी ब्रान्डको नमुनामा एक लिटर पानीमा ५ हजार माइक्रोप्लाष्टिक कण पाइएको थियो ।

४५ प्रतिशत पोलीप्रोपलीन

प्याकेज्ड पानीका कम्पनीले आफ्नो पानीको शुद्धता एवं गुणवत्तामा केही दावी गर्ने गरेका छन् । तर यस सोधको परिणाम आएपछि भने उनीहरुको गुणस्तरमाथि औंला उठाइएको हो ।

बोत्तलको बिर्को बनाउने कम्पनीले पोलिप्रोपलिनको उपयोग गर्छ । यो पदार्थ पानीमा ५४ प्रतिशतसम्म पाइन्छ । दोस्रो नम्बर हो, नाइलन जो १६ प्रतिशतसम्म पाइएको छ ।

विश्व स्वास्थ्य संगठनको चासो 

बोत्तलबन्द पानी यति हानिकारक हुन्छ भन्ने तथ्यांक बाहिर आएपछि विश्व स्वास्थ्य संगठनले पनि यस रिसर्चको समीक्षा गर्ने भएको छ ।

बोत्तलबन्द पानीले के हानी गर्न सक्छ त ?

क्यान्सर

प्लाष्टिकको बोत्तलको पानी क्यान्सरको कारण बन्नसक्ने चिकित्सकहरुले औल्याएका छ । प्लाष्टिकको बोत्तल जब घाम वा तापमानको कारण तातो हुन्छ, प्लाष्टिकमा रहेको हानिकारक केमिकल डाइअक्सिनको पानीमा घुल्छ । यो पानीको माध्यामबाट हाम्रो शरीरमा पुग्छ । डाइअक्सिनले हाम्रो शरीरको कोसिकालाई पुरा नष्ट गर्छ । यसले महिलामा ब्रेस्ट क्यान्सरको खतरा बढाउँछ ।

मस्तिष्कलाई समेत असर

प्लाष्टिकको बोत्तलमा पाइउने पानीमा जुन केमिकल हुन्छ, त्यसले मस्तिष्कको कार्यक्षमता पनि कमजोर बनाउँछ । यसले स्मरण क्षमतामा ह्रास आउने भय छ ।

कब्जियतको कारण

प्लाष्टिकमा राखिएको पानी सेवन गर्दा यसमा रहेन बाइसफेनोल एको कारण पेटमा एकदमै हानी पुग्ने बताइएको छ । बीपीए नामक रसायन जब पेटमा पुग्छ, तब यसले पाचन प्रक्रियालाई प्रभावित गर्न सक्छ । यसले ग्याष्ट्रिकको गराउँछ ।

गर्भपतनको खतरा

पानीमा घुलेको स-सना प्लाष्टिकको कणले महिलामा गर्भपतनको खतरा बढाउँछ । गर्भवती महिलालाई यसको निकै असर देखिएको छ ।

जन्म दोष

बोत्तलमा राखिएको पानीमा हुने रसायनले भ्रुणको बच्चालाई समेत असर गर्ने बताइएको छ । यस्ता पानीको सेवनले भू्रणको बच्चा असामान्य रुपमा पैदा हुने रिसर्चमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment