+
+
Shares

बालाजुमा विद्यार्थीको ग्याङ फाइट, ३ जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ४ गते १३:३७
फाइल फोटो

४ चैत, काठमाडौं । काठमाडौंको तारकेश्वर–१०, बालाजुमा दुई विद्यालयका विद्यार्थीबीच ग्याङ फाइट भएको छ । घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय २० वर्षीय विशाल न्यौपाने, असिम लामा र २१ वर्षीय सुनिल छन्त्याल छन् ।

उनीहरुले आफूले चिनेको एक जना भाइलाई कुटपिट गरेको भन्दै एञ्जल हर्ट अंग्रेजी विद्यालयको कक्षा ९ मा पढ्ने केही विद्यार्थीलाई कुटपिट गरेका थिए ।

घाइते एक जना विद्यार्थीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अन्य डिस्चार्ज भएका छन् ।

पक्राउ परेकाहरुलाई सार्वजनिक मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनलाई म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत, बालाजुका डिएसपी विश्वराज खड्काले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?