Comments Add Comment

दुई दिनको प्रयासमा चेपाङ युवाले उडाए ‘प्यारा मोटर’

४ चैत, चितवन । मिनी एयर क्राफ्ट (सानो प्लेन) बनाएर उडाउने धोको संगालेका पूर्वी चितवनका चेपाङ यूवा सरोज चेपाङले अन्ततः प्यारा मोटर बनाएर आकाशमा उडाए ।

पूर्वी चितवनको राप्ती नगरपालिका-२, गड्यौलीका सरोज चेपाङले दुई दिनको प्रयासमा नदी किनारमा प्यारा मोटरको सफल परीक्षण गरेका हुन् ।

सरोज करिब ४० मिनेट जति आकाशमा उडे । आकाशमा उडेपछि सरोजले भने, ‘म मेरो बुवा, सांसद र अन्य नेतालाई पनि माथि राखेर उडाउन सक्छु ।’

उनले तीन जनासम्म उडाउन सक्ने मिनी एयर क्राफ्ट बनाउन आर्थिक समस्या भएको सुनाए । उडान हेर्न आएका पूर्व सांसद गोविन्दराम चेपाङलाई उनले आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए ।

शनिवार पनि सरोजसहितका उनका सहयोगी राप्ती किनारमा प्यारा मोटर उडानका लागि पुगेका थिए । तर, हावाको वेग र केही प्राविधिक समस्याले उनले सफल उडान गराउन सकेनन् र आइतबार फेरि उनले सोही स्थानमा लगेर प्यारा मोटर उडाए ।

चेपाङले प्यारा मोटर उडाएको हेर्न आउने स्थानीय भिड लागेको थियो । स्थानीय प्रहरीले शनिवार उडान अनुमति नलिएको भन्दैं केहीवेर रोकेको थियो तर पछि जिल्ला प्रहरी कार्यालयबाट उडान परीक्षण गर्न दिन भनेपछि सरोजले केहीबेर उडाए अहिलेसम्म करिब ५ लाख रुपैयाँ यसका लागि खर्च भैसकेको सरोजले जानकारी दिए ।

काम पहिल्यै सक्ने योजना भएपनि रकमको अभावमा ढिला भएको थियो ।

नेपालको अति सीमान्तकृत जातिमा पर्ने चेपाङ युवाको यो प्रयास आफैंमा प्रंशसा योग्य भएको पूर्व सांसद गोविन्दराम चेपाङले बताए ।

पूर्व सांसद गोविन्दरामले आफूले प्रदेश नः ३ का मुख्यमन्त्री, नगरपालिकाको मेयर र अन्य सांसदहरुलाई भनेर सरोजको काममा सहयोग गर्ने बचन दिएको बताए ।

सरोजको परिवार परिवार सामान्य छ । घरको आर्थिक अवस्था कमजोर । पढ्ने रहर भएपनि आर्थिक समस्याकै कारण सरोजले माध्यमिक तहको शिक्षा पूरा गर्न सकेनन् ।

सरोज सानैं उमेरदेखि प्राविधिक काममा रुची राख्थेँ । घरको आर्थिक अवस्था पनि कमजोर भएकै कारण जीविकोपार्जनका लागि उनले ग्यारेजमा काम गरे । त्यहाँ गाडी बनाउने काम गरे । त्यहीबाट उनले केही सिके ।

सानो प्लेन र हेलिकप्टर बनाएर व्याट्रीमार्फत उडाउन थाले । अति सीमान्तकृत चेपाङ समुदायका युवा सरोजको आर्थिक रुपमा साथ दिने परिवार बाहेक अरु छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment