Comments Add Comment

बिहेअघि सासुको कुटाई खानुपर्ने अनौठो परम्परा (भिडियोसहित)


सोसल मिडियामा अहिले एउटा भिडियो खुबै चर्चित छ । भिडियोमा एकजना हट्टाकट्टा युवती हातमा लौरो लिएर उभिएकाे देखिन्छिन् । । एकजना पुरुष उनको अगाडि उभिएको छ । अचानक ती महिलाले हातमा रहेको लौरोले युवकलाई जोडसँग पिट्न थाल्छिन् ।

अचम्मको कुरा त कुटाइ खाने त्यो युवक कुनै प्रतिकार गर्दैन । बरु लौरोको मार खप्न आफ्नो पिठ्युँ थापिदिन्छ । त्यति पिट्दा पनि नखदेझैँ गर्दछ र यदि पीडा असैह्य भयो भने बीच बीचमा उभिएर दुखेको भाग सुम्सुम्याउँछ र पुनः कुटाइ खानका लागि जिउ थापिदिन्छ ।

यस्तो हेरिरहँदा तपाइँलाई लागेको होला यो मान्छेले कुनै गम्भीर गल्तीको सजायँ भोगिरहेको छ । तर होइन । यो एउटा परम्परा हो । विवाहसँग जोडिएको परम्परा ।

दक्षिण अमेरिकी देश पेरुमा विवाह समारोहअघि बेहुलाले यसैगरी पिटाइ खानुपर्दछ । भिडियोमा पिटाई खाने युवक पनि हुनेवाला बेहुलो हो ।

बेहुला कुट्ने यो परम्परा निकै धुमधामसँग मनाइन्छ । यसरी बिहे अगाडि कुटाइ खानाले बेहुलाले बिहेपछि आइलाग्ने सबै खालका समस्यासँग जुध्नसक्ने क्षमता विकास गर्ने विश्वास गरिन्छ ।

सुरुमा एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा हालेको यो भिडियो भाइरल नै बन्यो । यो भिडियो युट्युबमा पनि हालिएको छ ।

हेरौँ भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment