Comments Add Comment

‘रामकहानी’मा रोमान्टिक पूजा र आकाश


नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले मिलेर अहिले चलचित्र ‘रामकहानी’ निर्माण गरिरहेका छन् । चलचित्रको ६० प्रतिशत छायांकन सकिएको बताइएको छ । चलचित्रको पोखराको छायांकन सकेर अहिले काठमाण्डौमा धमाधम छायांकन गरिंदैछ ।

चलचित्रको छायांकन चलिरहँदा यसका मुख्य कलाकार पूजा शर्मा र आकाश श्रेष्ठको जोडी कस्तो देखिएला भन्ने कौतुहलता पनि दर्शकलाई छ । पूजा र सुदर्शनको ब्यानरमा अनुबन्धित भएपछि आकाश चर्चामा छन् । केही, चलचित्रमा उनले काम गरिसकेपनि उनलाई स्टार ‘रामकहानी’ले बनाउँछ भन्ने टिप्पणी पनि गर्न थालिएको छ ।

चलचित्रमा केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झालगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रको निर्माणपक्षले अनलाइनखबरलाई उपलब्ध गराएको केही तस्वीरमा आकाश र पूजा रोमान्टिक देखिएका छन् । चलचित्रको मुख्य भूमिकामा रहेका यो जोडीको प्रतिक्षा दर्शकलाई पनि छ । चलचित्र भदौ २२ गतेबाट देशभर रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment