पहिलो नेपाल आइडल निर्देशन र निर्माण गर्ने मुख्य टीमले नेपाल आइडल छाडेर उस्तै खाले नयाँ रियालिटी सो ल्याउने भएको छ ।
नेपाल आइडलको पहिलो सिजनका निर्देशक लक्ष्मण पौडेल, प्रस्तोता सुशिल नेपाल र उत्पादन टीममा सहभागी फिरोज तिमल्सिनाले ‘द भ्वाइस अफ नेपाल’ नाममा गायन रियालिटी सो ल्याउन लागेका छन् ।
बिश्वको चर्चित रियालिटी सो ‘द भ्वाइस’को नेपाली फ्रेन्चाइजका रुपमा ‘द भ्वाइस अफ नेपाल’ आउन लागेको हो ।
यसअगाडि ‘नेपाल आइडल’ निर्देशन गरेका लक्ष्मण पौडेलले यसको निर्देशन गर्दैछन् । प्रलादसिंह ठकुरी एमडी रहेको यो शोमा फिरोज तिमिल्सिना प्रमुख सहायक निर्देशकको रुपमा छन् । ‘नेपाल आइडल’ होस्ट गरेका सुशिल नेपालले यो रियालिटी शो संचालन गर्नेछन् ।
शोमा दीपक श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा निर्णायकको रुपमा रहनेछन् । विजेतालाई ‘भ्वाइस अफ नेशन’ घोषणा गरिनेछ । बिजेताले नगद २५ लाख, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको संझौता र विश्व भ्रमणको अवसर प्राप्त गर्नेछतन् ।
असारबाट प्रसारण हुने यो रियालिटी सो कुन टीभीमा प्रसारण हुनेछ भन्ने चाहिँ खुलाइएको छैन् ।
डट टिभीबाट सुरू भएको यो यो रियालिटी सोको पहिलो श्रृङखलाका रूपमा ‘द भ्वाइस अफ हल्यान्ड’ अाएको थियो । त्यसपछि बिश्वभर फैलिएको यो सो अहिलेसम्म भारतसहित बिश्वका १२९ मुलुकमा निर्माण भइसकेको छ ।
प्रतिक्रिया 4