+
+
Shares

सुविधा सम्बन्धी निर्णयले जिससको बैठक प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ५ गते १३:००

५ चैत, हेटौडा । जनप्रतिनिधिलाई सेवा सुविधा दिने बिषयमा प्रदेश सरकारले गरेको निर्णयले जिल्ला समन्वय समिति मकवानपुरको नियमित बैठक प्रभावित भएको छ ।

एकै प्रणालीबाट बिजयी भएका जनप्रतिनिधिहरुलाई केही दिनअघि प्रदेश सरकारले विभेद गरी सेवा सुविधा तोकेको भन्दै समन्वय समितिका सदस्यहरुले चित्त दुखाएका थिए ।

उनीहरुले यो आफ्नो चित्त दुखाई समितिका प्रमुख रघुनाथ खुलाल र उपप्रमुख भगवती पुडासैनीलाई सुनाएपछि बैठक नै बस्ने अबस्था नआएको बताइएको छ । ‘साथीहरुको चित्त दुखाइ हुँदाहुँदै किन बैठक बस्नु भनेर बैठक बसिएन’, प्रमुख खुलालले भने-‘उहाँहरुको गुनासो र चित्त दुखाइ नाजायज होइन ।’

बैठक नभएपछि समितिका सदस्यहरु दिनभर नेकपा एमाले कार्यालयमा पुगी आफूहरुमाथि गरिएको विभेदकारी निर्णयले पद राजीनामा दिन बाध्य हुने अबस्था आएको नेताहरुलाई सुनाएको स्रोतले बताएको छ ।

केहीदिन अघि प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधा तोक्ने निर्णय गरेको थियो । सो निर्णय प्रदेश संसदबाट पारित भएपछि लागू हुनेछ । सातै प्रदेशमा सेवा सुविधामा एकरुपता ल्याउनका लागि पनि केन्द्र सरकारले पहल गरिरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?