Comments Add Comment

प्रदेश १ को प्रदेशसभा नियमावली पारित

९ चैत, इटहरी । प्रदेश १ को प्रदेश सभा नियमावली पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकले २११ नियम, २६ परिच्छेद र ७ अनुसूची भएको प्रदेश सभा नियमावली, २०७४ पास गरेको हो ।

नियमावलीमा उल्लेख भएअनुसार विशेष समयमा बोल्न सांसदहरुलाई तीन मिनेटको समय छुट्याइएको छ ।

प्रदेश संसद् तथा प्रदेश सांसदका काम, कर्तव्य, अधिकार र नियमहरूको दस्तावेज भनिने नियमावलीको हरेक पृष्ठमा सभामुखले हस्ताक्षर गरेर प्रमाणित गर्नुपर्ने हुन्छ । त्यसको एक-एकप्रति कानुन मन्त्रालय, संसद् सचिवालय, मुख्यमन्त्रीको कार्यालय, महान्यायाधिवक्ताको कार्यालय र पुस्तकालयमा राख्नुपर्ने व्यवस्था छ ।

सभामुख प्रदीप भण्डारीले नियमावली बनिसकेकाले अब संसदले बिजनेस अगाडि बढाउन सहज हुने बताए ।

गत फागुन १३ गते लिलाबल्लब अधिकारी संयोजकत्वको ११ सदस्यीय मस्यौदा समितिले नियमावली बनाएको हो । त्यसलाई संसदबाट पारित गर्नुअघि सामान्य छलफल भएको थियो । छलफलमा १३ सांसदहरूले सामान्य संशोधन प्रस्ताव राखेका थिए ।

इटहरीका सांसद सर्वध्वज साँवाले गणपुरक संख्याको विषयमा नियमावली मौन भएको बताएका थिए । यस्तै खोटाङकी सांसद उशाकला राईले शून्य समयमा बोल्न चाहने सांसदहरूलाई ३ मिनेट समय बढी हुनसक्ने बताएकी थिइन् ।

मस्यौदा समितिका संयोजक अधिकारीले सांसदहरुको जिज्ञासाको जवाफ दिँदै पि्रन्ट मिस्टेकका कारण गणपुरक संख्या नपरेको भन्दै पछि थपिएको जानकारी गराए ।

यसैगरी राईको जिज्ञासाको जवाफ दिँदै उनले प्रदेश सभामा ९३ जना मात्रै सांसद भएकाले ६०१ सभासदहरु भएको तत्कालीन संविधानसभाको जस्तै विशेष समयमा एक मिनेट मात्रै बोल्न पाउने नियम लागू गर्न आवश्यक नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment