Comments Add Comment

प्रदेश २ को विकासका लागि छुट्टै प्याकेज ल्याउँछौं: प्रचण्ड

६ चैत्र लहान । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले प्रदेश २ को विकासका लागि छुट्टै प्याकेज ल्याउने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरी छिट्टै प्याकेज कार्यक्रम अघि सार्ने उनको आश्वासन छ । ‘जबसम्म दुई नम्बर प्रदेशको विकास हुँदैन, तब सम्म देशकै विकास हुन सक्दै्न’ उनले भनेका छन् ।

हुलाकी राजमार्गको शिलान्यास गर्दै उनले प्रधानमन्त्री ओलीसँगै आफ्नो प्रतिबद्धता नै प्रदेश २ मा बाटोघाटो, शिक्षा, स्वास्थ्य, रोजगार, सिंचाई सबैलाई समेट्ने गरी बिशेष प्याकेज ल्याउने भएको बताए ।

उनले ठेक्का पट्टामा हुने गरेको ढिलासुस्ती, कमिसन खोरी बेईमानी अब नचल्ने बताए र राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड दिइने भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘अब भ्रष्टहरुलाई छुट दिइइने छैन, ढिला सुस्ती गर्नेलाई छुट दिइने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment