Comments Add Comment

एउटै गोत्रमा विवाह गर्नु सही वा गलत ?

हिन्दू धर्मको सोह्र संस्कारमध्ये एक हो- विवाह । विवाहले वरवधू मात्र नभई दुई परिवारबीचको सम्बन्ध समेत प्रगाढ तुल्याउँछ ।

हिन्दू धर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ । यद्यपि हिजोआज यो परम्परा केही खुकुलो हुँदै गएको पाइन्छ ।  यस विषयमा भएका अनुसन्धानहरूबाट पनि व्यक्तिलाई जेनेटिक रोग नलागोस् भनी सेपरेसन अफ जीन्स अर्थात् नजिकको नातेदारसँग विवाह गर्न नहुने कुरालाई पुष्टि गरेका छन् ।

नातेदारहरूमा जीन विभाजन हुन पाउँदैन । एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशाणुगत जेनेटिक रोग लाग्छ अनि उनीहरूमा कलर ब्लाइन्डनेस अर्थात् रंग नचिन्ने रोगसमेत लाग्नसक्छ ।  यस्तो जोडीको बच्चामा विचारधारा, रुचि एवं व्यवहारमा नयाँपन हुँदैन । रचनात्मकताको अभाव हुन्छ भने मानसिक विकासमा बाधा पर्नसक्छ । मानसिक रोग, शारीरिक समस्या, अंगहरूको उचित विकास नहुने तथा अनेकथरी वंशाणुगत रोग सगोत्री विवाह गर्ने जोडीबाट जन्मिएका सन्तानमा देखिनसक्छन् ।

हिन्दू धर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ । यद्यपि हिजोआज यो परम्परा केही खुकुलो हुँदै गएको पाइन्छ ।  व्यक्तिलाई जेनेटिक रोग नलागोस् भनी सेपरेसन अफ जीन्स अर्थात् नजिकको नातेदारसँग विवाह गर्न नहुने कुरालाई पुष्टि गरिएको ।

कतिपय भने सगोत्री विवाहलाई निषेध गर्नुपर्ने कुनै कारण नभएको तर्क गर्छन् । यो रुढिबादी मान्यता मात्र भएको उनीहरू बताउँछन् । कतिपय जनजाति तथा धार्मिक परम्परामा रक्तसम्बन्धभित्रकै वा सगोत्रमै विवाह गर्ने परम्परा भएको र उनीहरूबाट जन्मिएका सँतानमा त्यस्ता कुनै खराबी नदेखिएकाले सगोत्री विवाह वर्जित गर्नुको कुनै तुक नभएको उनीहरू ठहर्‍याउँछन् । प्रचलित कानुनमा पनि आठ पुस्ता नाघिसकेपछि गरिने विवाह हाडनाताभित्र नपर्ने उल्लेख गरिएको पाइन्छ ।

वर्तमान सन्दर्भमा यस्ता परम्परागत नियमलाई समयसापेक्ष दृष्टिले हेर्नु उचित हुन्छ । यससम्बन्धी अनुसन्धानबाट प्राप्त निष्कर्षलाई मानेर रक्तसम्बन्ध भएकाहरूभित्र वैवाहिक नाता नगाँस्नु त राम्रै हो तर गोत्रको नाममा थुप्रै पिढीसम्म रक्तसम्बन्ध नभएकाहरूबीच विवाह निषेध गर्नु किमार्थ राम्रो मान्न सकिँदैन ।

वर्तमान वैज्ञानिक युगमा यस्ता प्रकारका नियमपछाडि लुकेका उद्देश्यहरूलाई वास्तविक रूपमा बुझ्नु र व्यवहारमा लागू गर्नु अत्यावश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment