Comments Add Comment

पर्यटन प्रवर्द्धन गर्दै नेपाल पत्रकार महासंघ कतार शाखा

नेपाल-कतार मैत्रीपूर्ण पर्यटन परियोजना अघि बढायो

दोहा / नेपाल पत्रकार महासंघ कतार शाखाले कतारबाट नेपालमा पर्यटक भित्र्याउन महत्वकांक्षी परियोजना अघि बढाएको छ ।

यसका लागि महासंघले पहिलो चरणमा गैरआवासीय नेपाली संघ कतार, नेपाली व्यबसायी संघ कतार तथा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारसँग छलफल गरेको छ ।

छलफलमा महासंघका अध्यक्ष करिमबक्स मियाँले कतारबाट नेपालमा पर्यटन भित्राउन र नेपालको आर्थिक सुधार गर्न अब ढिला गर्न नहुने भन्दै कतारमा स्थापित नेपाली संघसंस्थाहरुसँगको सहकार्यमा नेपाल सरकार, नेपाल पर्यटनबोर्ड, होटल एशोसियसन नेपाल लगायतको सहयोगमा पर्यटन प्रबर्द्धनमा अगाडि बढाउने बताए ।

यसका लागि सहयोग र सहकार्यले मात्रै देशलाई आर्थिक टेवा पु¥याउन यसप्रकारको कार्य सफल हुने भएकोले सबैसँग सहयोगको लागी आग्रह गरेका थिए ।

छलफलका क्रममा एनआरएनए कतारका अध्यक्ष नबिन पोख्रलले कतारबाट नेपालमा पर्यटक भित्र्याउन नेपाल पत्रकार महासंघ कतार शाखासँग मिलेर काम गर्न एनआरएनए कतार तयार रहेको बताउँदै यसका लागि एनआरएनले यथाशिघ्र कार्यसमिति र बिभागीय समितिमा छलफल गरिने बताए ।

नेपाली ब्यबसायी संघका अध्यक्ष महेन्द्र चौलागांईले नेपाल पत्रकार महासंघको अबधारणाप्रति खुशी ब्यक्त गर्दै कम्तिमा पनि एक ब्यबसायीले एक कतारीलाई नेपाल पु¥याउने विषयमा कुरा भइरहेको र यसप्रकारको कार्यले देशको पर्यटन प्रबर्धनमा टेवा पुग्ने बताए ।

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष मो. मुक्तदा मुसलमानले खाडी राष्ट्रहरुबाट नेपालमा पर्यटक भित्राउन साँस्कृतिक सभ्यतामा ध्यान पु¥याउन पर्ने बताउँदै यहाँका पर्यटककालागी त्यही अनुकुलको ब्यबस्थापनको नेपालमा खाँचो रहेको बताए ।

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका अन्तराष्ट्रिय संयोजक प्रो.रमाजान अलिमियाँले कतारी नागरिक पर्यटकका रुपमा नेपाल पुगेपछि उनीहरुले खोज्ने वातावरण, संभाबित पर्यटनका प्रकृतिहरु ट्रेकिंग,ट्राभल, ¥याफ्टिंग, जंगल सफारी, प्याराग्लाइडिङ लगायतका बिषयमा नेपाल पर्यटन बोर्ड तथा कतार टुरिजम अथोरिटीसँग समन्वय गदै श्रब्यदृस्य सामाग्री सहित कतारमा बेलाबेलामा सेमिनारहरु गर्ने हो भने नेपालमा कतारी पर्यटक भित्राउन सहज हुने र यसका लागि आफूहरु पत्रकार महासंघसँग सहकार्य गर्न इच्छुक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment