+
+
Shares

घुससहित घरेलु उद्योग कार्यालयकी अधिकृत पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ८ गते १३:५९

८ चैत, काठमाडौं । घरेलु उद्योग दर्ता गर्न लिएको घुस रकमसहित घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वरकी शाखा अधिकृत इन्दिरा गौतम (खनाल) पक्राउ परेकी छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ९ हजार रुपैयाँ घुससहित बुधबार कार्यकक्षबाटै पक्राउ गरेको हो ।

काठमाडौं हिडेन ट्रेजर नामको सिलाई बुनाई गार्मेन्ट उद्योग दर्ताका लागि आएका सेवाग्राहीलाई गार्मेन्टको नाम अंग्रेजीमा भएको हुँदा नेपालीमा चाहिन्छ भनी घुस मागेको अख्तियारले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको अख्तियारका प्रवक्ता दीर्घराज  मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?