Comments Add Comment

महिलालाई पुरुषसरह अधिकारको व्यवस्था हुन्छ : प्रधानमन्त्री ओली

८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई पुरुषसरह अधिकारको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले हालैका निर्वाचनहरुबाट ४१ प्रतिशत महिला निर्वाचित भएको स्मरण गराउँदै अब कानुनी रुपमा पुरुष सरहनै महिला निर्वाचित हुने व्यवस्था गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले महिला कार्यक्रमका लागि सरकारले बजेटको अभाव हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले मुलुक निर्माणका लागि महिलाहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।

ललितपुरको सानेपामा विहीबार सुरु भएको अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको प्रर्दशनी उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महिलाहरुलाई प्रतिष्पर्धी क्षमता विकासतर्फ अग्रसर हुन पनि आहृवान गरे ।

महिलाहरुले आरक्षणभन्दा पनि पुरुष सरह अवसर, अधिकार र सम्मानको खोजी गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले महिलाहरुलाई सबल बनाएर मात्रै मुलुकलाई अघि बढाउन सक्ने पनि स्मरण गराइन् ।

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाएर समाजिक अन्धविश्वासलाई हटाउन लागिपर्ने बताइन् ।

उनले महिलाहरु आर्थिक रुपमा सवल नभएकै कारण समाजमा महिला हिंसा बढेको पनि धारणा राखिन् । मन्त्री थापाले राजनीतिक अस्थिरताका कारण विगतमा महिला सशक्तिकरणको अभियान सफल हुन नसकेको पनि उल्लेख गरिन् ।

कार्यक्रममा सफल महिला उद्यमीहरुलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment