लन्डन । डेमोक्रेटिक फुटबल ल्याड एशोसियसन (डिएफएलए) ले बेलायतको बर्मिङमा गरेको र्याली र कार्यक्रममा गोर्खा भेट्रानहरु सहभागी भएका छन् ।
शनिबार बर्मिंममको भिक्टोरिया स्क्वायरमा आयोजित आतंकवाद बिरुद्धको र्यालीमा पूर्व गोर्खाहरुले आफनो सहभागिता जनाएका हुन ।
पूर्व गोर्खा मेजर मानबहादुर राई र मेजर चन्दु राईले अगुवाइ गरेको र्यालीमा गोर्खा सत्याग्रहका ज्ञानराज राई, सुर्य नेम्वाङलगायत ४० भन्दा बढी पुर्व गोर्खाहरु सहभागी भए ।
डिएफएलए मुख्य आयोजक भए पनि त्यसमा ऐक्यबद्धता जनाउन सहभागी भएको अभियन्ता ज्ञानराज राईले जनाए ।
पाँच हजार भन्दा बढी सहभागी कार्यक्रममा गोर्खाहरुलाई सम्मान गरिनु गर्वको कुरा भएको जिकीर गर्दै उनले बेलायती पूर्व सेनाहरुले गोर्खाहरुको मागमा ऐक्यबद्धता जनाएको बताए ।
कार्यक्रममा युकिप पार्टीका स्थानीय नेताहरुले सम्बोधनका क्रममा बेलायतमा बढ्दो उग्रवाद र अतंकवादको विरोध गरेका थिए ।
प्रतिक्रिया 4