+
+

ऋण तिर्न बरुण हाइड्रो हकप्रद जारी गर्दै, १० प्रतिशत पुँजी नयाँ आयोजनालाई

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ११ गते १२:३२


११ चैत, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रदबाट उठाएको रकमको ९० प्रतिशत पुँजी पुरानो ऋण तिर्न लगाउने भएको इक्रा नेपालले उल्लेख गरेको छ । कम्पनीले रेटिङ कम्पनी इक्रा नेपालबाट ग्रेड फोर रेटिङ पाएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

२५ करोड रुपैयाँ उठाउने कम्पनीले १० प्रतिशत रकम भने नयाँ आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले दुई करोड ५० लाख रुपैयाँ ४० मेगावाटको सुपर न्यादी हाइड्रोमा लगानी गर्ने भएको हो । करिब दुई अर्ब अनुमनित लागतको सो आयोजनामा कम्पनीको यो लगानी भनेको एक प्रतिशत बराबर मात्र हो ।

नयाँ आयोजना बन्न समय लाग्ने भएकोले तत्काललार्य भने लागनीकर्ताहरुले प्राप्त गर्ने प्रतिफल कम्पनीको हाल सञ्चालनमा रहेको ४.५ मेगावाटको हेवा खोला हाइड्रोमा नै निर्भर छ ।

हेवा खोलाको प्लाट लोड फ्याक्टर ६६ प्रतिशत हुने गरि डिजाइन गरिएको भएपनि यो ४० देखि ५० प्रतिशतको दरमा सिमित हुँदै गएको छ ।
यसअघि धितोपत्र बोर्डले एकपटक सेयर जारी गरेको दुई वर्ष नपुगि हाइड्रो कम्पनीहरुले अर्को पटक सेयर जारी गर्न नपाउने व्यवस्था गरेपछि केही ढिलाई भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?