Comments Add Comment

कविताको शक्तिः जसकारण नवराज पराजुली विश्व घुमिरहेका छन्

२५ मार्च, यूएई । सानो बाकसभरी पैसा जम्मा गरेर भविस्य सुरक्षित गर्ने अभिलाषा लिएर अरब गएको एक प्रतिनिधि नेपाली युवा रातो ठूलो बाकस (कफिन)मा लास बनेर फर्किएको दृश्य कवि नवराज पराजुलीले देखेका थए । चार वर्षअघि यस्तो दृश्य देखेका उनले त्यसपछि सिर्जना गरेका थिए-‘सगरमाथाको गहिराइ’ ।

काम, दाम र मामको खोजीमा बिदेशिएका लाखाै नेपालीहरुको भावनालाई छुने र मस्तिष्कलाई हल्लाउने उक्त कविता लेखिरहदा पराजुली स्वयमले सायदै सोचेका थिए कि कुनै दिन कविताको रचना गर्भस्थलमै सोही कविता वाचन गर्ने मौका पाइएला भनेर । तर, नसोचेको पनि भइदियो ।

झापाको दुर्गम दक्षिणी गाउँ जलमग्न जलथलमा अभाव र सिमितताका साघुरा गल्लिहरुमा बाल्यकाल बिताएका नवराज पराजुली लाखौ नेपाली साहित्यका अनुरागीमाझ रब नभेटिने अरबमा झुल्किए २३ मार्च २०१८, एक शुक्रबार । जुन कविता लेखेका थिए, त्यही कविताको शक्तिले उनी विश्वभर घुमिरहेका छन् ।

कविता मनै नपराउनेहरुलाई पनि मोह जगाइरहेका छन् । सेतु बन्यो सिर्जना वाचन डबली सिर्जना वाचन डबली, यूएईको ११ औं शृङ्खलामा जसै कवि पराजुली आउने हल्ला चल्यो, तब साहित्यलाई अनुत्पादक भन्नेहरु पनि चनाखा भए ।

एउटा मञ्चमा बिरलै देखिने मानिसहरुलाई कविताको चुम्बकले तान्यो । जुरुमुराउदै गएको युएईको नेपाली साहित्यिक बृक्ष हलक्कै बढयाे । यो अवसर जुराएको थियो सिर्जना वाचन डबलीले । यूएईमा श्रमरत नेपाली साहित्यप्रेमीहरुको एक पृथक समुह छ, जो हल्ला, आसन ग्रहण र भासन ग्रहण भन्दा बिसयवस्तुमा केन्द्रित भएर विगत तीन सालदेखि चुपचाप काम गरिरहेको छ ।

साहित्यका विविध बिधामा कलम चलाउने अग्रजदेखि अनुजहरु तथा शुभ चिन्तकहरु आपसमा भेला भएर यूएईका फरकफरक इमिरेट्सहरुमा आफ्ना रचना सुनाउँछ्न् र अरुका सुन्ने गरिरहेका छन् ।

भब्य तथा अनुशासित कार्यक्रम विदेशीहरुलाई नेपाल भ्रमण गराउन सक्रिय ट्राभहिल डट कमको प्रस्तुति ‘कवि नवराज पराजुली कविता कन्सर्ट’ भब्यताका साथमा सम्पन्न भएको छ ।

कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ मञ्जु काँचुली तिवारी तथा कवि नवराज पराजुलीलाई सम्मान समेत गरियो ।

साहित्यकार काँचुलीको कृति ‘चन्द्रमामा हनिमुन’को युएईमा लोकार्पण पनि सोही अवसरमा गरिएको थियो । कवि पराजुलीले कविता वाचन गरिरहँदा एक घन्टा भन्दा बढी समय हल पुरै मौन, सन्नाटा ,स्तब्ध ,धेरैको आँखामा आँसु ,नियमित भन्दा फरक दर्शक उपस्थितिले युएईको नेपाली साहित्यमा नौलो इतिहास रचिएको गजलकार तथा सिर्जना वाचन डबलीका एक हस्ती जे सागरले प्रतिक्रिया दिएका छन् ।

यूएईका पुराना सर्जक गजलकार दलविरसिह बराइलीका अनुसार सिर्जना वाचन डबली,युएईको हालसम्मकै बृहत र भब्य कार्यक्रम यसैलाई मान्नुपर्छ ।

सराहनीय संस्थाहत सहकार्य

संस्थागत रुममा एनआरएन, इनास, पत्रकार महासंघ यूएई ,विवेकशील साझ सद्भाव युएई ,झापाली समाज युएई जस्ता प्रतिष्ठित संस्थाहरुसँग सहकार्यले कार्यक्रमको माहोल उल्लेखनीय भएको आयोजक समितिका भुपेन्द्र आचार्यले जानकारी दिएका छन् ।

उपस्थित सबै दर्शकलाई ट्राभहिल डट कमको तर्फबाट उपहार प्रदान गरिएको द्रोणजंग श्रेष्ठले बताए ।

नेपाली साहित्यको कविता विधामा थोरै तर स्तरीय सिर्जना गरेर नयाँ आयाम कोरेका ‘सगरमाथाको गहिराई’ का सर्जक कवि नवराज पराजुलीको कबिता कन्सर्ट भब्यताका साथ सम्पन्न भएको छ। मार्च २३ शुक्रबार युएईमा कार्यरत कविताप्रेमीहरुका लागि सिर्जना वाचन डबली यूएईको प्रमुख आयोजना तथा ट्राभहिल डट कमको मुख्य प्रायोजनमा ‘नवराज पराजुली कविता कन्सर्ट’ दुबईको पानारोमा होटलमा सम्पन्न भएको हो।

दिउँसो १ बजेबाट शुरु भएको उक्त कार्यक्रममा कवि पराजुलीले आफ्ना चर्चित कविता सुनाए भने यूएईमा श्रमरत नेपाली साहित्यानुरागीहरु, विशेष गरी कविताप्रेमीहरु र नवराजका फ्यानहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

पृथक वाचन शैली र सरलतामा गहन भावको सिर्जना पस्किन खप्पिस पराजुली पछिल्लो समय देश तथा विदेशका साहित्यिक मञ्च लगायत सामाजिक सञ्जाल र मिडियाहरुमा लोकप्रिय मानिनुका साथै नेपाली साहित्यलाई बिदेशिएका नेपालीहरु माझ पस्किदै विभिन्न देशमा कबिता कन्सर्टमा देखिने गरेका छन् । बेलायतबाट फर्किने क्रममा यूएईमा रहेका आफ्ना प्रशंसक माँझ साक्षात्कार भएका पराजुलीको खाडी मुलुकमा यो नै कार्यक्रम पहिलो र भब्य रहेको आयोजक दाबी छ ।

सिर्जना वाचन डबलीको फरक पहिचान

विगत दुई वर्ष अगाडिदेखि हरेक दुई महिनामा यूएईमा रहेका सर्जकहरु बीच प्रत्यक्ष वाचनको अभ्यास शुरु गरेको सिर्जना वाचन डबलीको यो एघारौं शृङ्खला हो बेलाबखत अतिथि साहित्यकारहरुलाई समेत आमन्त्रण र सम्मान गर्ने यस डबलीले यसअघि नै अग्रज साहित्यकारहरु डा.कृष्णहरि बराल, डा. कृष्णजंग रायमाझी ,कृष्ण प्रसाई लगायतका सर्जकहरुलाई यूएईको साहित्यिक स्टेजमा उभ्याइसकेका छन् ।

भावुक कवि पराजुली

पहिलो पटक अरब आएका कवि नवराज पराजुलिले छोटो अन्तरवार्ताको क्रममा सरमाथाको गहिराई कविता लेख्दा एक दिन अरब नै गएर कविता बाचन गर्ने सपना पूरा भएकोमा भावुक देखिन्थे ।

सरमाथाको गहिराई कविता लेख्दा एक दिन अरब नै गएर कविता वाचन गर्ने सपना पुरा भएको र आफ्नै गृहजिल्ला झापाका समाजसेवी दाजुभाइ तथा दिदीबहिनीको साझा संस्था झापाली समाज यूएई, आयोजक, र अन्य संघसंस्थाबाट एकै मञ्चमा सम्मानित हुन पाउनु जिवनकै महत्त्वपूर्ण उपलब्धि भएको कवि पराजुलीले अनलाइनखबरलाई प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment