Comments Add Comment

फेभिकल मरिनः पानीले पनि असर नगर्ने दावी

११ चैत, काठमाडौं । फेभिकोलको ‘फेभिकल मरिन’ नेपालमा आएको छ । यो जस्तासुकै अवस्थाहरुमा पनि बेजोड फर्किचरमा जोडहरुलाई बन्धन दिन सक्षम रहेको कम्पनीको दावी छ ।

लगातार पानीले पनि कुनै असर नगर्ने विशेषमता मरिनमा रहेको भनिएको छ । वाटरप्रुफ प्लाइवुड प्रयोग गरि बनाइने कुनैपनि फर्निचरको उत्पादनमा फेभिकल मरिनलाई प्रयोग गरिन्छ ।

यसको विशेषतम रसायनिक गुणले वाटरप्रुफ प्लाईमा नभई जुनसुकै प्रकारको प्लाई र काठलाई जोड्न सकिन्छ ।

यो उत्पादनका बारेमा पिडिलाईट इन्डस्टि्रजका एसभीपी विशाल मल्हानले उपभोक्ताहरुका लागि मात्र नभई वातावरण मौत्री नव उत्पादनहरुमा आफ्नो प्रयत्न सधै रहदै आएको बताए ।

‘हाम्रा ग्राहकहरुको आवश्यकतालाई ध्यान दिई, हामीले फेभिकल मरिन पाँच विशेष शक्तिले बनेको सर्वश्रेष्ठ जोड दिने रसायनिक समिश्रणले बनाएका छौं । बजारमा उपलब्ध अरु मरिन श्रेणीका एडेसिभहरु भन्दा, फेभिकल मरिनले जडान गरिएका प्लाईवुड एकदम मजबुत रहन्छ जुन लगातार ५ दिनसम्म चिसो पानि मा राखे पनि या ५ घण्टासम्म लगातार पानीमा उमाले पनि यसको बन्धन अटुट नै रहन्छ ।’

यसको विशेष प्रकारको बनावटले फर्निचरका जोडहरुलाई पानी र चिसोसँग लगातार रुपमा लड्न सघाउँछ ।

अद्वितीय बन्धन शक्तिले यसलाई एकमात्र एडेसिभ बनाएको छ, जसले काठ, प्लाइवुड, ल्यामिनेट, भिनीर, पार्टिकल बोर्ड, किचन युनिट, वाल युनिट, बाथरुमहरुमा पनि प्रयोग योग्य बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment