+
+
Shares

प्रशान्तका कारण रोकियो ‘जय शम्भु’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १२ गते १४:२६


चलचित्र ‘ऐश्वर्य’ मा खलनायककाे भूमिकामा गरेको अभिनयका कारण प्रशान्त ताम्राकारको चर्चा चुलियो । त्यसपछि उनी धेरै फिल्म निर्माताहरुको रोजाईमा छन् ।
हुन त, त्यसअगाडि पनि उनले ‘सम्बोधन’, ‘मुखौटा’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । जस्ता ती चलचित्र असफल हुँदा उनी क्लिक हुन सकेनन् । चलचित्र ‘ऐश्वर्य’ ले भने उनलाई क्लिक गराइदियो ।

उनले ‘ऐश्वर्य’पछि चलचित्र ‘रानी महल’ मा एग्रिमेन्ट गरे । यो चलचित्रको पत्रकार सम्मेलनमा उनले भूमिका चुनौतीपूर्ण रहेको भन्दै आफू उत्साहित भएको बताएका थिए । तर, चलचित्रको घोषणा भएको केही दिनमै प्रशान्तले चलचित्र छाडे । उनले, चलचित्र छाड्नुको कारणबारे विभिन्न तर्कहरु बाहिर आएका छन् ।

यसको केहि समयपछि प्रशान्तले चलचित्र ‘जय शम्भु’मा सम्झौता गरे । केही समयअघि चलचित्रको छायांकन सुरु भयो । तर, एक महिनादेखि छायांकन रोकिएको छ ।

प्रशान्तका कारण छायांकन रोक्न वाध्य हुनु परेको निर्माण पक्षको भनाई छ । वुझिएअनुसार प्रशान्तका विभिन्न खालका डिमाण्डले गर्दा निर्माणपक्ष हैरानीमा छ । कहिले कथा नै परिवर्तन गर्नुपर्ने, कहिले निर्देशक परिवर्तन गर्नुपर्ने लगायतको डिमाण्ड उनले राख्ने गरेका छन्, जसमा निर्माण पक्ष सहमत छैन ।

यो चलचित्रमा प्रशान्त नेगेटिभ रोलमा छन् भने अनुप विक्रम शाही र बर्षा सिवाकोटीको जोडी रहेको छ । अनुप र बर्षाले आफ्नो काम धेरै हदसम्म भ्याएका छन् । तर, प्रशान्तको भूमिका धेरै छ ।

उनले पछिल्लोपटक चैत्र १८ गतेपछि समय दिने बताएको निर्माणपक्षले बतायो । यदि, प्रशान्तले समय दिएनन् भने उनलाई मुद्दा हालेर नयाँ कलाकार लिने मुडमा समेत यसको निर्माणपक्ष पुगेको छ ।

प्रशान्त भन्छन्ः मेरो कारण होइन
यस विषयमा प्रशान्तसँग सम्पर्क गर्दा उनले निर्माण पक्षसँगको पूर्व समझदारी अनुसार आफू चैत १७ बाट जय शम्भोको सुटिङमा लाग्ने बताए । फिल्मको छायांकन रोकिनुमा अरु आन्तरिक कारण हुन सक्ने उनको भनाई छ ।

उनले आफ्नो तर्फबाट कुनै पनि नचाहिँदा डिमान्ड नराखेको पनि दावी गरे । ‘म एउटा कलाकार हुँ र मेरो काम अभिनय गर्ने हो,’ उनले भने, ‘स्त्रिmप्ट चलाउने, निर्देशक परिवर्तन गर्ने जस्ता कुरा मेरो अधिकारक्षेत्रमा पर्दैन ।’

यद्यपि, चलचित्र राम्रो बनोस भन्ने दृष्टिकोणबाट आफूले केही सल्लाह सुझाव भने दिनसक्ने प्रशान्त बताउँछन् । निर्देशक फेरेर दिवाकर भट्टराईलाई लिन सुझाव दिएको विषयमा उनले भने, ‘दिवाकार आफ्नै प्रोजेक्टमा विजी छ ।’

आफ्नो विषयमा एकाएक नकारात्मक समाचार बाहिर आएकोमा उनले आश्चर्य प्रकट गरे । प्रशान्त हाल ‘रणवीर’ को सुटिङमा व्यस्त छन् । यो चलचित्रको सुटिङ अन्तिम चरणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?