Comments Add Comment

दुब्लाएर करिनाको बेहाल, सामाजिक सञ्जालमा बनिन् मजाक

स्लीम हुने चक्करमा बलिउड अभिनेत्रीहरु आफ्नो शरीरलाई कतिसम्म जिर्ण बनाउँछन् भन्ने जान्नलाई करिना कपुरका यी तस्वीर हेरे पुग्छ । उनको यो रुपलाई सामाजिक सञ्जालमा ‘अस्थिपञ्जर’ को संज्ञा दिइएको छ ।

हुन पनि तस्वीरमा करिना हदै दुब्ली देखिएकी छिन् । शरीरमा हाडहरु मात्र बाँकी रहे जस्तो । स्तन पनि सुके जस्तो । न अनुहारमा कुनै चमक छ । जिउको तुलनामा अनुहार ठूलो देखिएको छ ।

करिना कपुरले फेसन डिजाइनर मनीष मल्होत्राका लागि र्‍याम्प वाक गर्नुअघि यी तस्वीर खिचाएकी थिइन् । आइतबार सिंगापुरमा उक्त र्‍याम्प सकाएर उनी आफ्नो टीमसहित मुम्बई फर्किसकेकी छिन् ।

तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भए लगत्तै करिनाको ट्रोल सुरु भएको थियो । धेरैले उनलाई केही खान सुझाव दिएका छन् । उनको घााटीमा देखिएको हड्डी र सुकेको पेटको खिल्ली उडाइएको छ । कतिपयले उनी बुढी भएको टिप्पणी गरेका छन् ।

एक वर्षअगाडि छोरो पाएकी करिनाले सुत्केरी भएको दुई महिनापछि नै आफ्नो तौल घटाउन थालेकी थिइन् । फिल्म खेल्ने हतारोले उनले तौल घटाउन कडा एक्सरसाइज गरिन् । उनी अहिले बलिउडमा कमब्याकको तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment