Comments Add Comment

ठूलो लगानीको काठमाडौं वर्ल्ड स्कुल सञ्चालनमा


१२ चैत, काठमाडौं । उपयुक्त शैक्षिक वातवरणमा विद्यार्थीहरूलाई व्यवहारिक, समाज तथा जीवन उपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले काठमाडौ वर्ल्ड स्कुल सञ्चालनमा आएको छ ।

विज्ञान र प्रविधिले ल्याएको अनपेक्षित परिवर्तनलाई आत्मसात गर्ने तथा भविष्यमा आउने चुनौतिलाई सामना गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका लागि आधारभूत मानिने विद्यालय शिक्षालाई विश्वस्तरीय बनाउन भन्दै यो स्कुल सञ्चालनमा आएको हो ।

विद्यार्थीहरूको सर्वाङ्िगण अर्थात शैक्षिक, व्यक्तिगत, समाजिक, मानसिक एवम् शारीरिक विकासका लागि स्कुलले आधुनिक शिक्षण विधिमा जोड दिनुका साथै विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउने र विद्यार्थीहरूलाई सानैदेखि आफ्नो कार्यप्रति आफैं जिम्मेवार हुन सिकाउने, समाजप्रति उत्तरदायी बनाउने तथा दया, करुणा, भाइचाराको अभिवृद्धि गर्नेर एकअर्का प्रतिको सम्मानलाई आत्मसात गर्न निरन्तर रूपमा समाजिक सेवामालगाउने जस्ता योजनाहरू स्कुलले राखेको छ ।

विद्यार्थीहरूलाई कुनै कुरा सिकाउने भन्दा पनि आफैले नयाँ विषय वा कुरा कसरी सिक्ने भन्ने कुरामा स्कुलले जोड दिएको छ ।

काठमाडौ वर्ल्ड स्कुल भक्तपुर, सूर्यविनायक नगरपालिका -७, गुन्डुमा करीब ५५ रोपनी जग्गामा फैलिएको छ भने ३ लाख वर्गफिट बराबरको भौतिक संरचनाको हाल निर्माण कार्य भइरहेको छ ।

पहिलो चरणको निर्माण कार्य लगभग सकिएको छ रदोस्रो चरणको निर्माण कार्य आगमी एक वर्षमा सम्पन्न हुने स्कुलको योजना रहेको छ ।

सम्पूर्ण निर्माण कार्य पूरा भएपछि विभिन्न तह गरी करीव १ हजार २०० विद्यार्थीले उक्त स्कुलमा अध्ययन गर्नेछन् भने ३८० जना छात्र/छात्राहरूको आवास गृह तयार हुनेछ ।

स्वीमिङ पुल सहितको अतिरिक्त क्रियाकलाप भवनमा करिब १५ भन्दाबढी विभिन्न अतिरित क्रियाकलापहरू जस्तै नृत्य, संगीत, मार्सल आर्टस्, लाउन टेनिस, नाटक, फाइन आर्ट, इन्डोर मन्टिपपोस कोर्ट, फुटसल, लगायतको सुविधा रहेको छ ।

सेमिनार, विविध सांस्कृतिक कार्यक्रमका लागि दुईवटा हालहरूको निर्माण भइसकेको छ भने करिव ६०० जना क्षमताको अडिटोरियम पनि दोस्रो चरणमा निर्माण हुनेछ ।

विद्यालयको उत्तर, पूर्व र दक्षिणमा हरियो जङ्गलको सिमानरहेको र पश्चिमतर्फको सिमानमा मानव बस्ती रहेको त्यो ठाउँ अध्ययन तथा अध्यापनका लागि उपयुक्त वातवरण मानिन्छ ।

स्कुलले राष्ट्रिय पाठ्यक्रममा आधारित कक्षा १ देखि १२ सम्मको आधारभूत र माध्यमिक शिक्षा प्रदान गर्नुका अलावा ए लेभलको अध्यापन पनि गर्नेछ ।

तर शैक्षिक सत्र २०७५ मा भने कक्षा १ देखि ५ सम्मको लागि मात्र भर्ना खुला गरिएको छ भने कक्षा ११ र ए लेभलको कक्षाहरू शैक्षिकसत्र २०७६ बाट मात्र सुरु हुनेछ ।

काठमाडौ वल्र्ड स्कुलले अध्यापनको लागि अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त बेलायतको इन्टरनेसनल प्राइमरी करिकुलम (आईपीसी) को शिक्षण विधिलाई प्राथमिक तहमा र इन्टरनेसनल मिडिल एर्स करिकुलम (आइएमवाइसी) माध्यामिक तहमा अपनाउने छ ।

स्कुलले अनुभवी तथा तालिम प्राप्त शिक्षकहरूद्वारा विद्यार्थीहरूलाई अध्यापन गराउने र समय सापेक्षा उनीहरूको ज्ञान तथा शिक्षण क्षमता विकासका लागि निरन्तर रूपमा तालिम, गोष्ठि, सेमिनार गर्ने र सामुदायिक विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरूको शिक्षण तथा व्यवस्थापकीय क्षमता अभिवृद्धिका लागि समेत काठमाडौ वल्र्ड स्कुलले सहकार्य गर्नेर आवश्यक तालिम दिने योजना छ ।

स्कुल पूर्ण रूपमा सञ्चालनमा आएपछि गुणस्तरीय शिक्षाका लागि अभिभावकहरूले आफ्ना छोराछोरीलाई मुलुकबाट बाहिर लानुनपर्ने र सोका लागि बाहिरिएको करोडौं रकमलाई रोक्न सघाउ पुग्नुका साथै भविष्यमा छिमेकी देशहरूका विद्यार्थीहरूलाई समेत नेपालमा आकर्षण गर्ने काठमाडौ वल्र्ड स्कुलको रणनीतिक योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment