+
+
Shares

सदनमा सांसदको प्रश्नः सेयर बजार चाहिने कि नचाहिने ?

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १३ गते १४:५७


१३ चैत, काठमाडौं । सेयर बजार घटेपछि यसबारेमा सवत्र चर्चा भइरहेको छ । आज राष्ट्रिय सभामा सभेत सांसद राधेश्याम अधिकारीले सेयर बजारले लगानीकर्ताहरुको विजोग भइरहेको छ भने सरकारले यसबारेमा स्पष्ट पानुपर्ने बताएका छन् ।

 उनले राखेको धारणा जस्ताको तस्तैः

अहिले सेयर बजारको कुरा छ, यहाँ सेयरहरु भन्ने वित्तिकै धनीहरुले मात्र किन्ने भन्ने होइन, साना साना सेयरवालाहरुले पनि सेयर किनिरहेका छन् । थोरै थोरै रकम पनि पुँजी बजारमा लगानी भइरहेका छन् । पुँजी बजार निरन्तर ओरालो लागि रहेको छ ।

यो सरकार बनोको आज एक महिनाभन्दा धेरै समय भयो, यो निरन्तर ओरालो लाग्ने क्रममा छ । किन त भन्दा कुरा के आइरहेको छ भने अर्थमन्त्री ज्युको जुन भाषणहरु भइरहेका छन् त्यसको त्यसको कारण भइरहेको छ भन्ने कुरा आइरहेको छ ।

यो होकी होइन यदि हो भने । यदी यसलाई अनुत्पादक मानिने हो भने दृष्टिकोण के हो ? सेयर बजार नै नचाहिने होकी ? सेयर बजार चाहिने हो र यदी दिनदिनै सेयर बजारबाट रकम घट्दै गइरहेको छ र त्यसबाट लगानीकर्ताहरुको स्थिती विजोग हुँदै गइरहेको छ भने सरकारले ध्यान दिनुपर्ने हो कि होइन, यसबारेमा पनि सरकारले स्पष्ट पारोस भन्न चहान्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?