१४ चैत, हेटौंडा । नेपाली कांग्रेस प्रदेश ३ को संसदीय दलको बैठकले प्रमूख सचेतकमा राधा घलेलाई चयन गरेको छ ।
संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बुधबार पार्टी कार्यालय हेटौंडामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो ।
त्यस्तै सचेतकमा छिरिङ दोर्जे लामा, सदस्य सचिवमा निमा लामा तथा अनुसाशन समितिको संयोजकमा विजुला बर्मालाई चयन गरेको छ ।
बैठकले प्रदेशमा बन्ने ५ वटा विषयगत समिति मध्ये कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दलको तर्फबाट न्हुच्छेनारायण श्रेष्ठलार्इ उम्मेदवार बनाउने निर्णय समेत गरेको सदस्य सचिव निमा लामाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4