Comments Add Comment

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक नाजिर हुसेन निकै मिल्ने साथी हुन् । उनीहरु, यो मित्रता सधै नै रहोस् भन्ने पनि चाहन्छन् । दुबइमा आयोजना भएको कार्यक्रममा राम्रोसँग चिनजान गरेका यी दुइविच निकै नजिक भए । यसपछि, चलचित्र ‘तिमीसँग’मा एकसाथ काम गरेका यी दुई अहिले प्रचारमा दौडधुप गरिरहेका छन् । अनलाइनखबरको ‘ओके मस्ती टक’मा कुराकानी गर्ने क्रममा यी दुइले चलचित्रमा काम गर्दाको क्षण संझिए ।

साम्राज्ञी र नाजिरसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


नाजिर हुसेनले साम्राज्ञीलाई गुलाबको फूल दिदै प्रेम प्रस्ताव राख्दा साम्राज्ञीले त्यो स्विकार पनि गरिन् । साम्राज्ञीको नजरमा नाजिर एउटा राम्रो साथी बन्न योग्य छन् भने नाजिरको नजरमा पनि साम्राज्ञी राम्रो साथी बन्नका लागि योग्य छिन् ।

रमाइलो कुराकानीका क्रममा हामीले नाजिरलाई सोध्यौ-‘आजसम्म बाथरुममा २ जना नुहाउनु भएको छ । नाजिरले, एक महिला साथीसँग नुहाएको बताए ।
यता, नायिका सामाज्ञीले भने आफ्नो प्रतिस्पर्धा आफैसँग रहेको सुनाइन् ।

उनले, चलचित्र क्षेत्रमा आफू सुपरस्टार भन्दा पनि मिहिनेती नायिका भएको खुलाइन् । नाजिरलाई कसैले ‘ह्यान्डसम’ भन्दा पनि ‘क्यूट’ भनेको मनपर्छ । उनी, कसैले ‘क्यूट’ भनिदिदा आफूलाई बालापनमा नै रहेको महशुश हुने सुनाए । चैत्र २३ गते रिलिज हुने चलचित्रका लागि यी दुई उत्साहित छन् । चलचित्र राम्रो बनेकाले सबैलाई हेरिदिन यी दुइले आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment