Comments Add Comment

एनआरएनए अष्ट्रेलियाले नेपाल फेस्टिवल गर्ने, पहिलो कार्यक्रम पर्थमा

सिड्नी/ गैरआवासीय नेपाली संघ (एनआरएनए)अस्ट्रेलियाले आफ्नो राष्ट्रिय महत्वको कार्यक्रमका रुपमा ‘नेपाल फेस्टिवल’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

अष्ट्रेलियाका प्रमुख शहरहरुमा सन् २०१८ र ०१९ मा काय्रक्रम आयोजना गरिने एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।

पहिलो कार्यक्रम अष्ट्रेलियाको सुन्दर शहर पर्थबाट सुरु हुने एनआरएनए अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले जानकारी दिए ।

यो कार्यक्रम सँस्थाको महत्वपूर्ण कार्यक्रम भएको भन्दै एनआरएनए अष्ट्रेलियाले तयारी सुरु गरेको छ । यस वर्ष संस्थाले वान कन्ट्री, मेनी स्टोरीज अर्थात एक देश, धेरै कथाहरु’ भन्ने स्लोगन तयार गरेको छ ।

प्रवासमा नेपाल र नेपाी कला, संस्कृति, भाषा, रितिरिवाज, खाना लगायतको प्रदर्शन गर्ने र नेपाल संसारकै प्रमुख पर्यटकीय स्थल हो भनी चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रवक्ता खरेलले जानकारी दिए ।

पर्थको कार्यक्रमको तयारी पूरा

यसैबीच पर्थमा आयोजना हुने कार्यक्रमको तयारी पूरा भएको छ । फेस्टिवलको सम्पूर्ण तयारी पूरा भइसकेको एनआरएनए पश्चिम अष्ट्रेलियाका संयोजक दीपक शर्माले जानकारी दिए ।

संयोजक शर्माका अनुसार ३० मार्चमा अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, एनआरएनका अध्यक्ष भवन भट्ट, अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने लगायतको उपस्थितिमा गाला डिनर हुने छ ।

यस्तै ३१ मार्च शनिबारका दिन विहान परेडसहित विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछन् । उक्त कार्यक्रममा पनि राजदूत शेर्पा, एनआरएन अध्यक्ष भट्ट, लगायतका व्यक्तिहरुको उपस्थिति हुने जनाइएको छ ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत कल्चरलसँगै कुटुम्ब, फेसन सो लोकल व्यान्डको प्रस्तुति रहने छ । फेष्टिवलमा नेपाली कल्चर, फेशन, म्युजिकल प्रस्तुति र अन्य देशको गेस्ट पर्फमेन्स, नेपाली परिकार , फेस पेन्टिङ लगायत आकर्षण रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment