गर्मी चढ्दैछ । यतिबेला धेरैले भोग्ने समस्या हो, फूड प्वोइजन । खाएको खानेकुरा आपसमा बाझिएर विषाक्त हुन्छ । त्यो पाचन यन्त्रले पचाउन सक्दैन । त्यसले गर्दा पेट फुल्छ, दुख्छ । पखला लाग्छ । बान्ता हुन्छ ।
यस्तो किन हुन्छ त ?
एक, गर्मीमा खानेकुरा चाडै सड्नेगल्ने हुन्छ । यस्ता खानेकुरा शरीरमा पच्दैन ।
दुई, हामीले खाएको खानेकुरा आपसमा नमिल्ने एवं बिजातिय हुनसक्छ । त्यस्ता खानेकुरा शरीरमा विष बन्छ ।
के हो बिजातिय खानेकुरा ?
हामी एकसाथ केही प्रकारका खानेकुरा सेवन गर्छौ । यसरी खाइने खानुकुरा आपसमा नमिल्न सक्छ । त्यस्ता खानेकुरा एकसाथ सेवन गर्दा रसायनिक प्रतिक्रिया भएर विषाक्त तत्व पैदा हुनसक्छ । त्यही विषाक्त तत्वले बिमारी बनाउने हो ।
जान्नैपर्ने कुरा
अक्सर हामी एकअर्को खानेकुरा मिसाएर सेवन गर्छौ ।
हाम्रो संस्कृतिले खाद्य पदार्थको संयोजन तय गरेको छ । जसमा छोकडासँग दुध, नरिवलसँग चामल, दालसँग दही । यी संयोजन आफैमा पूर्ण र स्वदिष्ठ मानिन्छ । यसले भोजनको सम्पूर्ण पोषण बढाउँछ ।
तर, हामीले स्वादका लागि आपसमा मिसाएर सेवन गरिने सबै खानेकुराले स्वास्थ्यमा राम्रो असर नगर्न सक्छ ।
हानिकारक जोडीः आँप र कांक्रा
गर्मीमा आँप उपलब्ध हुन्छ । आँप खुब स्वादिलो पनि हुन्छ । त्यस्तै गर्मीमा कांक्रा पनि स्वादिलो लाग्छ । यसमा पर्याप्त पानी हुन्छ । यी दुबै आ-आफ्नो गुणले भरिपूर्ण मानिन्छन् । तर, आँप र कांक्रा एकसाथ सेवन गर्नु स्वास्थ्यका लागि एकदमै हानिकारक हुनसक्छ । दुबैलाई एकसाथ सेवन गर्दा ग्याष्ट्रिक हुने, पेट भारीपन हुने समस्या हुन्छ ।
हानिकारक जोडीः दुधजन्य उत्पादन र पालक
हुन त पालक पनिर निकै रुचाइएइको खान्की हो । खासगरी मासुमंस सेवन नगर्नेलाई पनिर पालक राम्रो बिकल्प मानिन्छ । दुधजन्य परिकारमा क्याल्शियम पाइन्छ । तर दुधजन्य उत्पादनलाई पालकसँग मिसाइयो भने क्याल्शियम पनि नष्ट हुन्छ ।
पालकमा अक्सैलिक एसिड हुन्छ, जसले क्याल्शियमलाई अवशोषित गर्नमा रोक्छ ।
हानिकारक जोडी ? दुध र दाल
भुटेको गेडागुडी एवं दाल र दुधसँग बनाइएको नास्ता स्वादिलो लाग्नसक्छ । तर दुबैलाई एकसाथ मिसाएर सेवन गर्दा त्यसले पाचन यन्त्रमा समस्या निम्त्याउँछ ।
हानिकारक जोडीः टर्रो फल र दही
फल र दही आफैमा स्वस्थ्यवर्द्धक हो । कतिले फलमा दही मिसाएर पनि सेवन गर्छन् । तर किवी र सुन्तला जस्तो फलसँग दही सेवन गर्दा त्यसलाई पचाउन निकै कठिन हुन्छ ।
प्रतिक्रिया 4