१५ चैत, काठमाडौं । राजधानीका विभिन्न क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छाउने कार्यलाई सहजीकरण गर्न प्राधिकरणले विद्युत्त आपूर्ति बन्द गर्न लागेको हो ।
नेपाल विद्युत्त प्राधिकरणका अनुसार, बिहीबार बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म नयाँ बसपार्क, मित्रनगर, पवित्रनगर, दीपज्योति स्कुल क्षेत्रमा विद्युत्त आपूर्ति बन्द हुनेछ ।
महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पर्ने नयाँ बसपार्क, मित्रनगर, पवित्रनगर, दीपज्योति स्कुल क्षेत्र वरपर मेलम्ची खानेपानी अायाेजनाले पाइप बिच्छ्याउने कार्य गरिरहेकाे छ । यसअघि अन्य क्षेत्रमा मेलम्चीकाे काम हुँदा पनि प्राधिकरणले विद्युत अापूर्ति बन्द गरेकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4