१५ चैत, काठमाडौं । भारतको दिल्लीबाट नेपालीलाई भाइबर तथा म्यासेन्जरमा फोन र म्यासेज गरेर चिठ्ठा पर्यो भन्दै ठगी गरेको अारोपमा तीन जना काठमाडौंबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा–२ घर भइ हाल ललितपुरको सानेपा बस्दै आएका २९ वर्षीय रेवतकुमार खाती, इमालडोल बस्दै आएका ३२ वर्षीय महेशकुमार पाण्डे र २९ वर्षीय रोशन विक छन् ।
उनीहरुले चिठ्ठामा परेको समान तथा नगद भारतमा रहेको बताउँदै चिठ्ठा वापतको सामान तथा नगद लिन विमा र धरौटी रकम तिर्नु पर्ने भन्दै पीडितसँग रकम माग गरेका थिए ।
त्यसरी पीडितले पठाएको रकम उनीहरुले आईएमइमार्फत बुझ्ने गरेको खुलेको महानगरीय अपराध अनुसन्धान महाशाखाले बताएको छ ।
उनीहरुले नेपालबाट रकम सङ्कलन गरेर भारतमा रहेका मुख्य एजेन्टलाई पठाउने गरेको खुलेको महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4