+
+
Shares

सौराहा क्षेत्रमा १४ बुँदे आचारसंहिता जारी

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १५ गते १८:१०

१५, चैत, चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहामा १४ बुँदे आचारसंहिता जारी भएको छ ।

होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीको लागि भन्दैं आचारसंहिता जारी गरिएको हो ।

आगामी बैशाख १ गतेबाट लागू हुने गरी आचारसंहिता जारी भएको रेष्टुरेन्ट एण्ड बार एसोसियसन (क्षेत्रीय रेवान ) सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।

आचारसंहिता लागू गर्न बिहीबार सौराहामा भएको एक कार्यक्रममा बोल्ने व्यवसायीहरुले स्थानीय तह र प्रशासनले आचारसंहिताको पालना भए नभएको निरीक्षण गर्नुपर्नेमा जोड दिए ।

सामाजिक अपराध, विकृती र विसंगतीविरुद्ध सबैं पक्षसँगको सहकार्यमा जारी आचारसंहिता लागू गराउने अध्यक्ष गिरीले बताए ।

व्यवसायीहरुले तयार गरेको आचारसंहितामा रेष्टुरेण्ट तथा पसलहरु जाडोयाममा राति ११ र गर्मीयाममा राति १२ बजेसम्म मात्रै खोल्न पाउने, पर्यटन क्षेत्रमा मानव तथा जनावरहरुलाई असर गर्ने गरी ध्वनी आउने कार्यक्रम नगर्ने आचारसंहितामा उल्लेख गरिएको छ ।

यस्तै हर्न निषेधित क्षेत्रलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, पर्यटकहरुलाई हृयारेस गर्न नपाउने, पर्यटन क्षेत्रको बाटोहरुमा सवारीसाधन पार्किङ्ग गर्न नपाउने, होटलहरुमा अनिवार्यरुपमा पर्यटकको परिचय खुल्नेगरी इन्ट्री बुक राख्ने लगायत १४ बुँदे समेटिएको क्षेत्रीय होटल एशोसिएसन सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए ।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने कार्यमा नगरपलिकाले सधैं सहयोग गर्ने बताए ।

सौराहा क्षेत्रमा सार्वजनिक जग्गाको संरक्षण गर्दै उक्त स्थानहरुमो पार्किङ्ग व्यवस्थापन गर्ने तयारीमा नगरपालिका रहेको मेयर वनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?