मुम्बई । ‘हिचकी’ मार्फत अभिनयमा पुन प्रवेश गरेकी बलिउड अभिनेत्री रानी मुखर्जीले दर्शकको मन जितेकी छिन् । उनले निर्वाह गरेको शिक्षिकाको चरित्र दर्शकलाई निकै मन परेको छ ।
‘चार वर्षपछि अभिनयमा फर्किएकी रानीले मर्दानीको क्रेज कायमै राखेकी रहिछन्,’ टे्रड एनालिष्ट तरन आदर्शले भने ।
९ सय ६१ स्क्रिनमा रिलिज भएको हिचकीले ७ दिनमा २२ करोड रुपैंयाँ कमाई गरेको छ । फिल्ममा रानी मुखर्जी बाहेक ठूला स्टार अरु छैनन् । यसराज फिल्म्सको ब्यानरमा २० करोडमा बनेको उक्त फिल्मले रिलिजको पहिलो दिन ३.३० करोड कमाई गरेको थियो ।
रानीले सन् २०१४ मा मर्दानीमा एक प्रहरी अफिसरको भुमिका निर्वाह गरेकी थिइन् । त्यसपछि उनी छोरी आदिरा चोपडाको स्याहार सुसारमा तल्लिन भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4